Homeसमाचारसमाचारमालपोतको राजश्व ६१ करोड बढी

मालपोतको राजश्व ६१ करोड बढी

रेवतिराज घिमिरे
भद्रपुर १७ साउन।
महिलाका नाममा जग्गा रजिष्ट्रेसन पास गर्दा कम राजस्व लाग्ने भएपछि पछिल्लो समय झापामा महिलाको जग्गामा स्वामित्व बढेर गएको देखिन्छ ।
मालपोत कार्यालय भद्रपुर झापामा महिलाको नाममा जगा रजिष्ट्रेशन पास गराउनेको संख्यामा बृद्धि भएसंगै महिलाको जग्गामा स्वामित्व पनि बढेको हो । आर्थिक बर्ष २०७५/०७६ (गत आर्थिक वष) मा १५ हजार एकसय २३ जना महिलाहरुको नाममा जगा खरिद विक्री भएको कार्यालयको तथ्याङ्गकले देखाएको छ ।
यो संख्या पुरुषहरुको दाँजोमा पाँच हजार दुईसय २९ ले बढी हो । यो समयमा पुरुषको नाममा नौ हजार आठसय ९४ जनाको नाममा मात्र रजिष्ट्रेसन पास भएको देखिन्छ । राज्यले प्रदान गरेको राजश्वमा महिलालाई २५ प्रतिशत छुट दिनुका साथै श्रीमान बैदेशिक रोजगारीमा जाने र बैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले श्रीमतिका नाममा जग्गा खरिद गर्ने क्रमले पनि संख्यामा बृद्धि आएको हुन सक्ने मालपोत अधिकृत दिपेन्द्र खत्रीले बताए ।
कार्यलयले आव २०७५/०७६ मा रजिष्ट्रेशन शुल्कवापत ४१ करोड ६० लाख ६२ हजार नौ सय ३८ रुपैयाँ तथा पुंजीगत लाभकर १९ करोड ५९ लाख छ हजार ५० रुपैयाँ सहित कूल ६१ करोड १९ लाख ६८ हजार नौसय ८८ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । यो राजश्व अघिल्लो आव (२०७४/०७५) को भन्दा १३ करोड ६७ लाख ८५ हजार ६० रुपैयाँले बढी हो ।
अघिल्लो आवमा कार्यलयले ४७ करोड ५१ लाख बढी राजश्व संकलन गरेको थियो । गत आवमा कार्यालयमा २५ हजार १७ राजीनामा र १७ हजार ६६ दृष्टिबन्धक सहित ४२ हजार ८३ वटा लिखतहरु पास भएको कार्यालयले जनाएको छ ।। तपाईको नी

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारमालपोतको राजश्व ६१ करोड बढी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img