भद्रपुर १६ साउन । जिल्ला प्रहरी कार्यालय झापाले भद्रपुर विमानस्थलबाट गोलीसहित इलामका एकजनलाई नियन्त्रणमा लिएको छ ।
बिहीबार दिउँसो १ः ३० बजे सौर्य एयरलाइन्सबाट काठमाडौ जान लागेका इलाम सूर्योदय नगरपालिका–४ का सुरेश राई बिमानस्थलमा जेकचाँचका क्रममा गोलीसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
थ्रीनट थ्री राइफलमा प्रयोग हुने १ थान गोलीसहित पक्राउ परेका राईमाथि अनुसन्धान सुरु गरिएको प्रवक्ता श्रेष्ठले बताए ।
भद्रपुर विमानस्थलबाट गोलीसहित एक पक्राऊ

































































































