Homeगौरादहसहायक मार्गका घर टहरा हटाउनु पर्ने

सहायक मार्गका घर टहरा हटाउनु पर्ने

गौरीगञ्ज १७ साउन । गौरीगञ्ज गाउँपालिकाले विराटनगर–रंगेली–झापा सहायक मार्गमा पर्ने घर–टहरा (भौतिक संरचना हटाउन अनुरोध गरेको छ ।
गौरीगञ्ज गाउँपालिकाको वडा नं.–४ बाहेक अरु सबै वडालाई छुने उक्त सडक निर्माणका लागि हुलाकी सडक आयोजनाले प्रक्रिया अघि बढाएपछि गाउँपालिकाले पनि आफ्नो गाउँपालिका क्षेत्रभित्र सडक विस्तार हुँदा सडकले भेट्ने भौतिक संरचना हटाउन सूचित गरेको हो ।
उक्त सडक अन्तरगत गौरीगञ्ज गाउँपालिकामा लगभग १५ किलोमिटर दुरी पर्ने गाउँपालिकाका प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिनुभयो ।
गौरीगञ्ज गाउँपालिकाले हुलाकी सडक अन्तरगत पर्ने विराटनगर–रंगेली–झापा सहायक मार्ग निर्माणका लागि संघीय सरकार अन्तरगत सडक डिभिजन निर्देशनालय मार्फत टेण्डर स्विकृतको क्रममा रहेको जनाउँदै गाउँपालिकाले घर–टहरा हटाउन सम्बन्धीत सबैलाई आग्रह गरेको हो ।
गाउँ कार्यपालिकाले उक्त सडक निर्माणका लागि सडकको मध्य भागबाट दुवैतिर १५/१५ मिटरभित्र बनेको घर टहरा हटाउनका लागि ३५ दिनको समय दिएको छ ।
तोकिएको समयमा संरचना नहटाए गाउँपालिका आफैंले हटाउने र ति संरचना हटाउँन लागेको खर्च समेत सम्बन्धी घरधनीबाट असुल गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाक्यद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
गौरादहसहायक मार्गका घर टहरा हटाउनु पर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img