बिर्तामोड २८ चैत । नेवा: पासा मुना पुच:को ३२ साधारण सभा सम्पन्न भएको छ। शनिबार बिर्तामोड वडा नं ४ मा अवस्थित नेवा छे भवनमा पासा मुना पुच:को ३२ साधारण सम्पन्न भएको हो। पासा मुना पुच: को साधारण सभामा संस्थापक सदस्य , पुर्व अध्यक्ष र भवन निर्माणका दाताहरू सम्मनित भएका छन्।
भवन निर्माण सहयोग दाता श्याम कुमार ताम्राकार, जग्गा दाता जयन्द्र उदास, सल्लाहकार तथा पुर्व अध्यक्ष कृष्ण उदास,दिपक प्रधान ,प्रमेश हलुवाई , संस्थाकी निवर्तमान अध्यक्ष ईश्वरा श्रेष्ठ,लाखे संरक्षक लक्ष्मी श्रेष्ठ, संयोजक प्रविण शाक्य, भातृ संस्था नेवा: मिसा पुच: नेवा : ल्याम्ह पुच ,ग्वाली पुच लगायत संस्थागत गतिविधिमा विधागत रूपमा सहयोग पुर्याउने सम्मनित भएका छन् । संस्थागत रुपमा सहयोग पुरयाउने विभिन्न संघ संस्था बिर्तामोड आखा अस्पताल,मेची आँखा अस्पताल, बिर्तामोड खानेपानी साना शहरी तथा सरसफाई उपभोक्ता संस्था, बिर्तामोड उद्योग वाणिज्य संघ पनि पासा मुना पुच: द्वारा सम्मानित भएका छन्।
संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले भिडियो मार्फत बार्षिक सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष शर्मिला शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। नेवा: पुच ईटहरीका अध्यक्ष मन कुमार श्रेष्ठ , इन्द्रपुर खल पुच उपाध्यक्ष अर्जुन श्रेष्ठ, संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार प्रमेश हलुवाई, अखिल भारतीय नेवार संगठनका महासचिव सन्जय मणि प्रधान लगायतले शुभकामना मन्तव्य राखेका थिए। संस्थाका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता तथा अखिल भारतीय नेवार संगठनका केन्द्रीय अध्यक्ष सुर्य नारायण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिषेश अतिथिहरु अखिल भारतीय नेवार संगठनका महासचिव सन्जय मणि प्रधान, बंगाल राज्य समितिका मुल सचिव पुरण प्रधान रहेका थिए। संस्थाका उपाध्यक्ष राजिव श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन सचिव मिलन शाक्यले गर्नु भएको थियो।

































































































