Homeसमाचारजयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा पुरस्कृत प्रतिभा छनौट

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा पुरस्कृत प्रतिभा छनौट

बिर्तामोड २८ चैत । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोष बिर्तामोडले पुरस्कृत कृति तथा प्रतिभाको छनौट गरेको छ ।
कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बिर्तामोडमा बसेको कार्यसमितिले पुरस्कार छनौट उपसमितिले छनौट गरी कार्यसमितिमा प्रस्ताव गरेका कृति तथा पुरस्कृत प्रतिभाको नाम अनुमोदन गरेको हो ।
कोषले २०८२ मा पुरस्कृत कृतिका लागि २०८१ सालमा प्रकाशित ज्ञानु बुढाथोकीद्वारा लिखित याङ्रुप ’ उपन्यास बर्षोत्कृष्ठ कृतिका रुपमा छनौटमा परेको कोषका अध्यक्ष प्रसाईले बताउनु भयो । त्यसैगरी धनमाया सक्रिय महिला पत्रकार पुरस्कारका लागि रमा दाहाल भण्डारीलाई छनौट गरेको छ । लामो समयदेखि टेलिभिजन पत्रकारितामा सक्रिय दाहाल हाल कान्तिपुर टेलिभिजनको झापा समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ । त्यसैगरी बिशेष प्रतिभा पुरस्कारबाट झापा भद्रपुर निवासी लेखक तथा ब्यङ्गयकार नकुल काजीलाई छनौट गरेको समितिले अपाङ्गता प्रोत्साहन पुरस्कारबाट यो वर्ष बिर्तामोड निवासी हरिप्रसाद अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
संस्थाले २०८१ सालमा प्रकाशित कृतिहरु मध्येबाट वर्षोत्कृष्ठ कृति छनौटका लागि उपाध्यक्ष बिष्णुकुमार भट्टराईको संयोजकत्वमा राजेन्द्र प्रसाई र छविलाल खतिवडा सदस्य रहेको उपसमिति गठन गरेको थियो भने महिला पत्रकारिता पुरस्कार छनौटका लागि लोकराज ढकालको संयोजकत्वमा पत्रकार रेजिना गौतम सदस्य रहेको उपसमितिलाई जिम्मेवारी दिएको थियो । त्यसैगरी बिशेष प्रतिभा पुरस्कार छनौटका लागि संस्थाका अध्यक्ष प्रसाईलाई जिम्मेवारी दिएको थियो भने अपाङ्गता प्रोत्साहन पुरस्कार छनौटका लागि खिलप्रसाद शिवाकोटीको संयोजकत्वमा डिल्लीराम प्रसाईले जिम्मेवारी पाएका थिए ।
२०८१ सालको बर्षोत्कृष्ठ कृति तथा २०८२ का लागि छनौट भएका कृति तथा प्रतिभालाई २०८३ साल बैशाख १९ गते बिशेष कार्यक्रमका बीच पुरस्कार समर्पण गरिने तयारी भएको अध्यक्ष प्रसाईले जानकारी दिनुभयो ।
२०५९ सालमा स्थापित कोषले संस्था स्थापनाको रजत वर्षको अवसर पारेर संस्थाका महत्वपूर्ण गतिविधि तथा लेखक साहित्यकारका साहित्य सम्बन्धी लेख, रचनालाई समेटेर प्रकाशन गर्न लागेको पुस्तक समेत सोहि समारोहमा सार्वजनिक गरिने बताइएको छ ।
पुरस्कृत कृति, महिला पत्रकार र बिशेष प्रतिभा पुरस्कारको राशी जनही २५÷२५ हजार रहेको छ भने अपाङ्गता प्रोत्साहन पुरस्कारको राशी ११ हजार नगदसहित सम्मान पत्र रहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा पुरस्कृत प्रतिभा छनौट
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img