वैशाख १३, बिराटनगर , बिराटनगरमा लैंगिक हिसा निवारण सम्बन्धि पत्रकार महिलाहरुका लागि खोज पत्रकारिता तालिम
शुरु भएको छ ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजना तथा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको सहकार्यमा पाँच दिवसीय प्रदेश स्तरीय खोज पत्रकारिता तालिम शुरु भएको हो।
आजदेखि शुरु भएको तालिममा कोशी प्रदेशका ३० जना पत्रकार महिलाहरुको सहभागिता रहेको छ भने तालिमको सहजीकरण नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्मा र खाेज पत्रकारिता केन्द्रका प्रमुख शिव गाउँलेले गरिरहनु भएको छ।
तालिम संयोजक महासंघ प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीको अध्यक्षता रहेको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि महासंघ केन्द्रीय अध्यक्ष शर्माले गर्नु भयो।
आज देखि शुरु गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ।
लैङ्गिक हिंसा सम्बन्धि खोज पत्रकारिता तालिम शुरु

































































































