HomeFeatured 2बाल्मीकिय रामायण नवाह ज्ञान यज्ञको आयव्यय सार्वजनिक

बाल्मीकिय रामायण नवाह ज्ञान यज्ञको आयव्यय सार्वजनिक

भद्रपुर १३ बैशाख । भद्रपुर १० केन्द्रमोडस्थित दुर्गा माता उपासना समितिले २०८१ चैत्र २४ गतेदेखि २०८२ बैशाख २ गतेसम्म सञ्चालन गरेको श्रीमदबाल्मीकीय रामायण नवाह ज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरेको छ ।
समितिले पुराण सम्बद्ध सरोकारवालालाई राखेर सार्वजनिक गरेको विवरण अनुसार आयतर्फ २८ लाख ७८ हजार चारसय ३६ रूपैयाँ संकलन भएको छ भने व्ययतर्फ १३ लाख ६४ हजार पाँचसय ४८ रूपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको हो ।
समितिका सचिव हरिकिशोर आचार्यका अनुसार दाताबाट संकलित रकमबाट मन्दिर परिसरमा बाँकी रहेको निर्माण सम्पन्न गरी अन्य अक्षयकोषमा राखिने छ । उनका अनुसार लगभग १६ लाख रकम बचत भएकोमा आधाभन्दा बढी रकम मन्दिर सञ्चालनार्थ अक्षयकोषमा रहन्छ भने अन्य रकम मन्दिर परिसरमा मञ्च निर्माण, रङरोगन, टुटफुट मर्मत र शिव लिङ्ग र बसाह निर्माणमा खर्च गरिने छ ।
समितिका अध्यक्ष मणिराम न्यौपानेको अध्यक्षता तथा ज्ञान महायज्ञका प्रमुख वाचक प. प्रशान्त कृष्ण नराङ्गकुशको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको औचित्यमाथि प्रकाश उपाध्यक्ष पुरूषोत्तम अधिकारीले गरेका थिए भने सञ्चालन प्रचार संयोजक शालिकराम भट्टराई अन्तरेले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बाल्मीकिय रामायण नवाह ज्ञान यज्ञको आयव्यय सार्वजनिक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img