Homeसमाचारकैलाशेश्वर शिव मन्दिर सञ्चालन खर्च जुटाउन पुराण

कैलाशेश्वर शिव मन्दिर सञ्चालन खर्च जुटाउन पुराण

भद्रपुर १६ बैशाख । भद्रपुर ९ स्थित कैलाशेश्वर शिव पाञ्चायन मन्दिर शिवगाैरी सेवाश्रम भद्रपुर ९ प्रकाशपुर पोकापाडामा श्रीमद्भागवत महापुराण धनधान्याञ्चल ज्ञान महायज्ञ आयाेजना गरिन भएकाेछ ।
बैशाख १६ गते देखि २४ गते सम्म संचालन गरिने पुराणबारे सोमबार मन्दिर प्रागणमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे हाे । पुराण संचालनको सम्पूर्ण तयारी पूरा भएको बताइएकाे छ ।
स्थानीय रत्नबहादुर भण्डारीले आफ्नो २ कठ्ठा जमिनमा स्थापना गरेको मन्दिर २०७१ सालमा समुदायलाई हस्तान्तरण गर्नु भएको थियो । पछिल्लो समयमा मन्दिरमा मन्दिर पुनः निर्माणसंगै संचालनमा कठिनाइ भएसंगै पुराण लाउनु परेको मुल आयोजनाक सिमित अध्यक्ष चुडामणि मैनालीले बताउनु भयो । दैनिक मन्दिर संचालनमा मासिक १० हजार बढी खर्च हुने बताइएकाे छ । पुराणबाट उठेकाे संकलित रकमबाट अक्षयकोष खडा गरी उक्त कोष मार्फत बाकी निर्माण कार्य पूरा गरि मन्दिर संचालनमा खर्च गर्ने बताउनुभयो ।
दाताहरूको सहयोगमा ५० लाखको अक्षयकोष पुर्‍याउने लक्ष लिएको मैनालीको भनाइ छ । उहाले सम्पूर्ण समाजसेवी , परोपकारी, धर्मावलम्बीको सहयोगको अपेक्षा गरेको बताउदै उपस्थितिकालागि आह्वान समेत गर्नु भयाे ।
पुराण संचानकोलागि २ सय ७१ जना सदस्य रहने गरी विभिन्न १६ वटा उपसमिति गठन गरिसकिएको आयोजक समिति सचिव अनुज खतिवडाले बताउनु भयो । पुराणको उद्घाटन भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले गर्ने बताइएकाे छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकैलाशेश्वर शिव मन्दिर सञ्चालन खर्च जुटाउन पुराण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img