भद्रपुर १० पुस । नेपाल निजामती कर्मचारी युनियनको आठौ जिल्ला अधिवेशनले अध्यक्ष कविन्द्र बिक्रम नेम्वाङ्गको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयान गरेको छ ।
झापाको भद्रपुरमा शनिबार सम्पन्न युनियनको अधिबेशनले उपाध्यक्षमा ज्ञानु शिवाकोटी, अरुण शाह र यशोदा कोईराला , सचिवमा भानुभत्त भट्टराई, सह सचिवमा चन्द्र पौडेल र कोषाध्यक्षमा सरोज विकसहित २१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
आगामी ४ बर्षे कार्यकालका लागि गठित कार्यसमितिसंगै आगामी माघ ८ देखि १० गते सम्म काठमाडौंमा हुने युनियनको केन्द्रिय महाधिवेशनका लागि रमला बराल, कविराज कोईराला, भमिबहादुर चेम्जोङ्ग, प्रकाश चौधरी र नारयण दुलालसहित ५ जना केन्द्रिय प्रतिनिधी चयन गरेको निर्वाचन समिति संयोजक जगत बहादुर मगरले जानकारी दिनु भयो ।
कविन्द्र बिक्रम नेम्वाङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबे तथा बिशेष अतिथि प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थिए ।
कार्यक्रममा प्रमुख अतिथि थेवे, प्रजिअ तिम्सिना , युनियनका पूर्व केन्द्रिय अध्यक्ष सुवोधकुमार देवकोटा ,केन्द्रिय उपाध्यक्ष दिपेन्द्र खत्री , केन्द्रिय सदस्य लक्ष्मीप्रसाद दाहाल, आधिकारीक टे्रड युनियन झापा अध्यक्ष लक्ष्मी गुरागाई, युनियन केन्द्रिय महासचिव सुवास कुमार कोईराला लगायतका युनियन पदाधिकारीहरुले शुभकामना मन्तव्य राखेका थिए ।
बद्रीकुमार दाहालको संचालनमा सम्पन्न कार्यक्रमको स्वागत युनीयन उपाध्यक्ष रमला बरालले गर्नु भएको थियो । अधिवेशनमा झापाका अतिरिक्त मोरङ्ग, सुनसरीबाट समेत सहभागीता रहेको थियो ।
नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा नेम्वाङ्ग

































































































