HomeFeatured 2कुमरखोदमा निर्मित ६० लाखको सामुदायिक भवन उद्घाटन

कुमरखोदमा निर्मित ६० लाखको सामुदायिक भवन उद्घाटन

कुमरखोद ९ पुस । झापा गाउँपालिकाद्वारा तराई मधेस समृद्धि कार्यक्रम मार्फत नेपाल रेडक्रस सोसाइटी उपशाखा कुमरखोद मातहतमा रहने गरी निर्माण गरिएको सामुदायिक भवनको शुक्रबार आयोजित एक कार्यक्रमका बीच समुद्घाटन गरिएको छ ।
तराई मधेस समृद्धि कार्यक्रम मार्फत झापा गाउँपालिकाको ६० लाखको लागतमा निर्माण गरिएको लगभग एकहजार जना बढी क्षमताको सभाहलसहित ३ कोठे पक्की भवनको कार्यक्रमका प्रमुख अतिथि तथा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले उद्घाटन गर्नुभएको हो ।

May be an image of 7 people, motorcycle, road and tree


रेडक्रस उपशाखा कुमरखोदका सभापति सुन्दरलाल गणेशको अध्यक्षता तथा साहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला रेडक्रसले मानवीय सेवामा पुर्याउँदै आएको सहयोगबारे नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले प्रकाश पार्नुभएको थियो ।
सोही कार्यक्रममा रेडक्रस झापा सभापति ढकाल, कोरोना संक्रमणका बेला ज्यानलाई जोखिम राखेर पनि सेवामा खटिएका स्वयमसेवकहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि साह, विशेष अतिथि ढकाल, अतिथिहरु रेडक्रस उपशाखा बाह्रदशीका सभापति दयानन्द गोस्वामी, शरणामती उपशाखाका सभापति केशव बजगाँई, राजकुमार यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेत्र खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन पशुपति गणेशले गर्नुभएको थियो ।
कुमरखोद उपशाखा मातहतमा रहने गरी नवनिर्मित भवन उद्घाटनसंगै एम्बूलेन्स खरिदका लागि नगद १० लाख संकलन गरी आजदेखि प्रक्रिया समेत शुरु गरिएको जिल्ला सभापति ढकालले जानकारी दिनुभयो । कार्यक्रम कुमरखोद रेडक्रस सोसाइटी झापा, कुमरखोद उपशाखा र झापा गाउँपालिका वडा नं. २ को संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कुमरखोदमा निर्मित ६० लाखको सामुदायिक भवन उद्घाटन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img