Homeसमाचारप्रदेश क्षेत्रीय सभापतिमा भट्टराईको उम्मेद्वारी घोषणा

प्रदेश क्षेत्रीय सभापतिमा भट्टराईको उम्मेद्वारी घोषणा

विर्तामोड २३ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत झापा क्षेत्र नं.–२ प्रदेश (क)को सभापतिमा रविन्द्र भट्टराईको उम्मेद्वारी सार्वजनिक गरिएको छ ।
परिवर्तन पक्षधर समूहका तर्फबाट आयोजित उम्मेद्वारी घोषणा एवम् शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथि युवराज विमलीले भट्टराईको उम्मेद्वारी घोषणा गर्नुभएको हो ।
उम्मेद्वारी घोषणा गर्दै प्रमुख अतिथि विमलीले वि.पी.को सोच अनुसार पार्टी नचलेको र परिवारवाद हावी भएको टिप्पणी गर्दै एक व्यक्तिले एउटै पदमा एक वा दुईपटक भन्दा बढी नबसी कार्यकर्तालाई स्थान दिनुपर्ने बताउनु भयो । पहिलो पटक सहिद परिवारलाई सम्झिएर परिवर्तनको प्रारम्भ गरेको भन्दै विमलीले वि.पी ले ठूलो नहुनु असल हुनु भन्ने गरेको स्मरण गर्दै सोही अनुसार चल्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
उम्मेद्वारी घोषणा पछि मन्तव्य राख्दै सभापतिका उम्मेद्वार भट्टराईले विधि भन्दा व्यक्ति र नीति भन्दा नेतालाई केन्द्रमा राख्ने प्रबृत्तिका विरुद्ध आफूले उम्मेद्वारी दिएको बताउनु भयो ।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा झापा क्षेत्र नं.–२ को सभापति पदमा मोहन सुब्बाले उम्मेद्वारी घोषणा गर्नुभएको थियो भने २ (ख)को सभापतिमा विशाल थापाले पनि उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
कार्यक्रमका विशेष अतिथि तथा नेपाली कांग्रेस झापाका सदस्य जलकुमार गुरुङले कार्यकर्तालाई हरेक ठाउँमा उम्मेद्वार बनाएर हराउने काम पार्टीका केही नेतृत्वबाट भएको टिप्पणी गदै तिनै नेताहरुले कार्यकर्ताको शिर उचो पारेको झुटो अभिव्यक्ति दिंदै हिडेको आरोप लगाउनु भयो ।
कुलप्रसाद संग्रौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा युवराज प्रसाई, शेरबहादुर थापा लगायतले बोल्नु भएको थियो भने सुरेश बंशलले पार्टीको आन्तरिक निर्वाचनमा जहाँ जहाँदेखि प्रतिष्पर्धा गरेपनि अन्तरदलीय निर्वाचनमा ‘रुख चिन्ह मै भोट हाल्छु’ भन्ने संकल्प पारित गर्न प्रस्ताव गर्नुभएको थियो ।
बलराम कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन गोकुल अधिकारीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रदेश क्षेत्रीय सभापतिमा भट्टराईको उम्मेद्वारी घोषणा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img