Homeसमाचारझापाका चिया उद्योग बन्द, समस्या समाधानका लागि माग

झापाका चिया उद्योग बन्द, समस्या समाधानका लागि माग

बिर्तामोड ४ असार । ४५ दिनदेखिको निरन्तर प्रयासपछि पनि समस्या समाधान ननिस्किएपछि आजदेखि झापाका चिया उद्योग बन्द भएका छन् । भारतले नेपाली चिया आयातमा नयाँ गुणस्तर परीक्षणको बहानामा कडाइ गरेपछि झापासहित देशका प्रमुख चिया उत्पादन क्षेत्रका उद्योग बन्द हुन थालेका हुन् । असार १ गतेदेखि इलामका ५३ वटा अर्थोडक्स चिया उद्योगहरू बन्द भइसकेका छन् भने झापाका सिटीसी र अर्थोडक्स चिया उद्योगहरू पनि आजदेखि बन्द गर्न बाध्य भएको उद्योगीहरुले बताएका छन् ।
भारतीय चिया बोर्डले मे १ देखि लागू गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर (एसओपी) अन्तर्गत नेपालबाट निर्यात हुने प्रत्येक पटकको चियाको छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । भारतीय चिया बोर्डले भारत पुगिसकेपछि गुणस्तर परीक्षण गर्नु व्यवहारिक नहुने नेपालका चिया उत्पादकहरुको भनाई छ ।
सीमा नाकामा गुणस्तर परीक्षण गर्नुपर्ने उनीहरुको माग छ । भारत पुर्याएपछि परीक्षण गर्दा नेपाली व्यवसायीहरुलाई प्रत्यक्ष दुईवटा समस्या देखिएका छन् । परीक्षणको रिपोर्ट ढिलो आउनु दोस्रो रिपोर्ट भारतीय चिया बोर्डले चाहेजस्तो नआए गाडी फिर्ता ल्याउन कठिन । भारत पुर्याएपछि गुणस्तरका लागि प्रत्येक गाढीबाट नमूना लिइने ल्याव परीक्षण प्रतिवेदन आउन दुई हप्ताभन्दा बढी समय लाग्ने र त्यसअघि बिक्री गर्न नपाइने प्रावधानले निर्यात प्रक्रिया अवरुद्ध भएको उद्योगीहरूको भनाइ छ ।
भारतीय व्यवस्था अनुसार परीक्षणमा असफल ठहरिएको चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने हुन्छ । उद्योगीहरूका अनुसार यसले निर्यात झन् जोखिमपूर्ण बनाएको चिया उत्पादक संघका केन्द्रीय सदस्य दिपेश ढकालले बताए ।
संघका अध्यक्ष आदित्य पराजुलीले गुणस्तर परीक्षणका नाममा भारतले नेपाली चियामाथि व्यवहारतः अवरोध सिर्जना गरेको आरोप लगाएका छन् । उनका अनुसार परीक्षणको बहानामा चिया भारतीय खरिदकर्ताका गोदाममा लामो समय थन्किने, लागत बढ्ने र गुणस्तर प्रतिवेदनको विश्वसनीयतामै प्रश्न उठ्ने अवस्था बनेपछि नेपाली चिया निर्यात कठिन भएको हो ।
विगत डेढ महिनादेखि समस्या समाधानका लागि कृषि मन्त्रालय, सम्बन्धित निकाय तथा प्रधानमन्त्री कार्यालयसम्म पटक–पटक ध्यानाकर्षण गराए पनि प्रभावकारी पहल नभएको ढकालले बताए । समस्या चाँडै समाधान हुनुपर्नेमा जोड दिएका ढकालले छलफल र संवाद निरन्तर अघि बढाइने बताए । समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय झापादेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराएको ढकालको भनाई छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालबाट बर्सेनि ७० लाख किलोभन्दा बढी तयारी चिया निर्यात हुने गरेको छ । त्यसको ९० प्रतिशत भन्दा बढी हिस्सा भारतीय बजारमा जाने गर्छ । केन्द्रीय सदस्य ढकालका अनुसार नेपाली चिया क्षेत्रले वार्षिक रूपमा सरकारलाई विभिन्न शीर्षकमा एकअर्ब रुपैयाँभन्दा बढी राजस्व तिर्दै आएको छ । तर, राज्यले चियालाई विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण निर्यातजन्य वस्तुका रूपमा प्राथमिकता नदिएको उनको आरोप छ ।
चिया उद्योग बन्द हुँदा ६० हजार श्रमिक तथा कर्मचारी र उनीहरुसंग आश्रित परिवारको समेत दैनिकीमा असर पर्ने देखिएको छ । उत्पादित चिया बिक्री हुन नसक्दा नगद प्रवाह प्रभावित भएको, किसानलाई हरियो पत्तीको भुक्तानी दिन कठिनाइ भएको तथा श्रमिकको रोजगारीसमेत जोखिममा परेको संघले जनाएको छ । झापामा मात्रै ३० भन्दा बढी सानाठुला चिया उद्योग र करिब २ दर्जन चिया बगान छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापाका चिया उद्योग बन्द, समस्या समाधानका लागि माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img