Homeसमाचारयोगदानको मूल्याङ्कन गर्न शिवाकोटीको आग्रह

योगदानको मूल्याङ्कन गर्न शिवाकोटीको आग्रह

गरामनी २३ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले पार्टी संगठनमा दुःख गरेका, जेल, नेल भोगेका नेता/कार्यकर्ताको योगदानलाई मूल्याङ्कन गरेर नेतृत्वमा स्थापित गर्न आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेस विर्तामोड नगरपालिका वडा नं–२ को आयोजनामा सम्पन्न शुभकामना आदान–प्रदान एवं चियापान समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता शिवाकोटीले पार्टीलाई संकट परेको बेला मैदान नछोडने र नछोडेकालाई नेतृत्वमा छान्न विशेष आग्रह गर्नुभएको हो ।
कार्यक्रमका विशेष अतिथि तथा नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले पार्टी र देशलाई संकट पर्दा संघर्षको मैदानमा उभिएका योद्धाहरुको मूल्यांकन आसन्न महाधिवेसनमा हुनुपर्छ भन्नुभयो ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सभापतिका उम्मेद्वार देउकुमार थेबेले सहमतिका लागि १३ औ महाधिवेशनमा उम्मेद्वारी छोडेको बताउदै १४ औ मा नछोडने भनाई राख्नुभयो । सबै अग्रज नेताहरुको समर्थनमा आफू उम्मेद्वार बनेको उहाँको भनाई छ ।
वडा नं–९ सभापति बासु अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रचार बिभाग प्रमुख कृष्ण हुमागाई, पुर्ब जिल्ला सदस्य हर्कलाल गिरी, छत्र गिरी, जिल्ला सदस्य पार्बता गिरी, महासमिति सदस्य सीता पौडेल, लक्ष्मी आचार्य, ट्रेड युनियन कांग्रेस अध्यक्ष यज्ञप्रताप अधिकारी,
महासमिति सदस्य दीपक तामाङ्ग, २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनाली, २ नं प्रदेश क्षेत्रीय सभापति धर्म लक्सम्बा, विर्तामोड नगर सभापति भोजराज सिटौला लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
भोला पौडेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन विशाल भटराईले गर्नुभएको थियो ।
यसैबीच बिर्तामोड वडा न ३ मा एमाले लगायत पार्टी परित्याग गरी एकसय बढी कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेस गरेका छन् । नवप्रवेशीहरुलाई छेत्रीय सभापती खगेन्द्र मैनाली र नगर सभापति भोजराज सिटौलाले पार्टीको सदस्यता प्रदान गर्नु भएको प्रचार बिभाग प्रमुख कृष्ण हुमागाइले जनकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारयोगदानको मूल्याङ्कन गर्न शिवाकोटीको आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img