बुधबारे २३ असाेज । युनियन लाइफ इन्स्योरेन्स भद्रपुर शाखाले शुक्रबार १३ लाख बराबरको बिमा दाबी भुक्तानी गरेको छ ।
भद्रपुर ४ का सुदिप शर्मा पोखरेलले यस कम्पनीमा २ वर्ष अघि वैदेशिक रोजगारी म्यादी बिमा गरेको थिए । वैदेशिक रोजगारीकै क्रममा कतारमा जेष्ठ १४ गते उनको कोरोना संक्रमणका कारण मृत्यू भएको थियो । कार्यक्रममा उनकी श्रीमती अन्जु पोखरेललाई १३ लाख बराबरको चेक मृतककी श्रीमतीलाई हस्तान्तरण गरिएको कम्पनीका शाखा प्रमुख निरज निरौलाले जानकारी दिएका छन् ।
सिनियर एजेन्सी मेनेजर रविन शिवाकोटी, एमडिआरटी विमला फुयल, एजेन्सी मेनेजर श्याम प्रसाद रिजाल लगायतको उपस्थितीमा गरिएको कार्यक्रममा बिमाको महत्वका बारेमा कम्पनीको तर्फबाट उपस्थित सम्पूर्णलाई प्रष्ट पारिएको थियो ।
युनियन लाइफ मार्फत १३ लाख बिमा दाबी भुक्तानी

































































































