Homeसमाचारयुवतीलाई मोसो दल्ने चारजना पक्राउ

युवतीलाई मोसो दल्ने चारजना पक्राउ

बिर्तामोड २९ जेठ । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित राजगढ जाने सडकमा एक युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दलेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
शुक्रवार साँझ करिब ६ः३० बजे एक महिलामाथि स्थानीय व्यक्तिहरूले कालो मोसो दलेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घटनाबारे अनुसन्धान गरेको थियो।
प्रहरीका अनुसार बिर्तामोड–२ चारपाने निवासी २१ वर्षीया सबिना राजवंशीलाई पुरानो रिसिइबीका कारण बिजुलीको पोलमा हात बाँधी कालो मोसो दलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनामा संलग्न रहेको आरोपमा कनकाई नगरपालिका–८ निवासी १८ वर्षीय समिर मर्डी, २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु र १९ वर्षीया पूजा बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूको साथबाट कालो मोबिल रहेको एक बट्टा तथा विभिन्न किसिमका १६ वटा पम्प्लेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। पीडित सबिना राजवंशीको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ। उपचारमा उनका श्रीमान् विशाल राजवंशी संलग्न रहेको र पीडितको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारयुवतीलाई मोसो दल्ने चारजना पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img