HomeFeatured 2ट्रिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

ट्रिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

दमक ३ असार । झापाको गौरादह नगरपालिका–१ स्थित नवदुर्गा पेट्रोल पम्प नजिक पाडाजुँगी–गौरीगञ्ज भित्री सडकखण्डमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।
मंगलबार साँझ डिपुचोकबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ११८८ नम्बरको टिपरले साइकलमा सवार गौरादह नगरपालिका–४ निवासी ६१ वर्षीय प्रेमप्रसाद गुरागाईंलाई ठक्कर दिएको थियो।
ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका गुरागाईंको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। उनलाई उपचारका लागि तत्काल दमक अस्पताल पठाइएको थियो।
दुर्घटनामा संलग्न टिपर र चालक गौरादह नगरपालिका–१ निवासी ३५ वर्षीय उमेश ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक गुरागाईंको शव आवश्यक कानुनी प्रक्रिया पूरा गर्नका लागि हाल दमक अस्पतालमै राखिएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2ट्रिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img