HomeFeatured 2नेपाल प्रजातन्त्र सेनानी संघ झापाको उपाध्यक्षमा अधिकारी

नेपाल प्रजातन्त्र सेनानी संघ झापाको उपाध्यक्षमा अधिकारी

बिर्तामोड ३ असार । नेपाल प्रजातन्त्र सेनानी संघ झापाको उपाध्यक्षमा शेखरनाथ अधिकारी मनोनित भएका छन् । यसअघि निर्वाचित उपाध्यक्ष उत्तम सुवेदीले स्वास्थ्यका कारण राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा संघको विधान अनुसार अधिकारीलाई मनोनित गरिएको हो । संघको विधान अनुसार २ जना उपाध्यक्ष रहन्छन् ।
प्रजातन्त्र सेनानी संघ झापाका अध्यक्ष लिलक सिटौलाको अध्यक्षतामा आज सम्पन्न बैठकले अधिकारीलाई उपाध्यक्षमा एवं संघको विधान अनुसार केदार खड्का, नारायण पौडेल र दिपेन पाठकलाई संघको सदस्यमा मनोनित गरिएको सचिव पङ्कज घिमिरेले जानकारी दिए ।
बैठकले प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा झापा धुलाबारी निवासी याम भण्डारीको असामयिक निधनप्रति दुःख ब्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ भने शोकाकुल परिवारजनमा समवेदना ब्यक्त गरेको अर्का उपाध्यक्ष ज्ञानमणि भुर्तेलले जानकारी दिनुभयो । याम भण्डारीको गत जेठ २९ गते उपचारको क्रममा निधन भएको थियो ।
भूर्तेलका अनुसार संघले वी।पी। स्मृति दिवसको अवसर पारेर आगामी भदौ २४ गते गते संघको जिल्ला भेला आयोजना गर्ने निर्णय पनि गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नेपाल प्रजातन्त्र सेनानी संघ झापाको उपाध्यक्षमा अधिकारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img