भद्रपुर, जेठ । एबिसि नेपाल झापाको आयोजना तथा भद्रपुर नगरपालिकाको सहयोगमा जिल्ला कारागार झापाको महिला विभागमा कानूनी सचेतना तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ। एबीसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गेलाल, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा अधिवक्ता लक्ष्मी खनालले कारागार ऐन, महिला अधिकार तथा कानुनी परामर्शसम्बन्धी विषयमा सहजीकरण गरेकी थिइन् । सो अवसरमा महिला बन्दीहरूका लागि आवश्यक सेनिटरी प्याड पनि वितरण गरिएको थियो। सेनिटरी प्याड भद्रपुरका समाजसेवी सुरेश अग्रवालले उपलव्ध गराएका थिए ।
कुल ८७ जनाको सहभागिता रहेको कार्यक्रममा झापा कारागारका जेलर रेवन्त भट्टराई, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सनिया लिम्बू, दीपेन्द्र राई आयोजक एबिसि नेपालका उपाध्यक्ष रेखा अधिकारी, सचिव देविका बस्नेत, शुष्मा पौडेल, दीपा ओली झापा कारागार महिला विभागकी आन्तरिक प्रशासन प्रमुख रीता राई लगायत संस्थाका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो ।
एबिसीको कारगारमा कानूनी परामर्श कार्यक्रम

































































































