HomeFeatured 2टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु

टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु

दमक ३ असार । झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्पताल अगाडि पूर्व–पश्चिम राजमार्गमा टि«परको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ।
बुधबार बिहान लगभग ९ः५५ बजे दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको प्र.१–०२–००१ क ४२८५ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको मे ११ प १६२० नम्बरको स्कुटीलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटी चालक दमक नगरपालिका–५ निवासी ६० वर्षीय भिमबहादुर कार्की गम्भीर घाइते भएका थिए। उनको टाउको र दाहिने हातमा चोट लागेको तथा नाक र कानबाट रगत बगेको अवस्थामा दमक अस्पताल पुर्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
स्कुटीको पछाडि सवार गौरीगञ्ज गाउँपालिका–१ निवासी ६४ वर्षीय शेरबहादुर कार्की भने सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि टि«पर चालक फरार गौरादह नगरपालिका–९ बैगुनधुरा निवासी २९ वर्षीय दीपक प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका चालकलाई इलाका प्रहरी कार्यालय दमकमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img