HomeFeatured 2'लोकतन्त्र, सरकार र प्रेस जगतको सम्बन्ध अन्योन्याश्रित'

‘लोकतन्त्र, सरकार र प्रेस जगतको सम्बन्ध अन्योन्याश्रित’

बिर्तामोड २ असार । पत्रकारितामा प्रविधिको प्रयोग विषयक एकदिने तालिम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको सहयोग प्रेस सेन्टर झापाको आयोजनामा सम्पन्न तालिमको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले उद्घाटन गरेका थिए ।
आयोजक संस्थाका अध्यक्ष पुष्प खड्काको अध्यक्षता तथा बिर्तामोड नगरपालिका उपप्रमुख संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संग्रौला, विशेष अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल पत्रकार महासंघ कोशीका सदस्य राजकुमार ओली, प्रेस चौतारीका अध्यक्ष प्रदिप परियार, नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तालिम उद्घाटन गर्दै उपप्रमुख संग्रौलाले लोकतान्त्रिक आन्दोलनको जग बसाउनका लागि पत्रकारहरुको पनि उत्तिकै योगदान रहेको बताउँदै सरकार र प्रेस जगतको सम्बन्ध अन्योन्याश्रित रहेको धारणा राखे । सो अवसरमा स्थानीय सरकारले गरेका राम्रा कामहरुलाई सञ्चारले यथोचित स्थान नदिएको उल्लेख गरेका उपमेयर संग्रौलाले राम्रा कामको प्रचार र नराम्रो भएको भए आलोचनात्मक खबरदारी गर्नुपर्ने पत्रकारको जिम्मेवारी रहेको बताए ।
कार्यक्रममा धारणा राख्ने वक्ताहरुले सञ्चार माध्यमको संरक्षण राज्यको दायित्व रहेको बताउँदै अब बन्ने बजेटमा सञ्चार क्षेत्रले अनुभूति गर्न सक्ने खालको बजेट व्यवस्थापन गरेर अन्य पालिका र संघीय सरकारलाई पनि उदाहरण बनेर देखाउन आग्रह गरे । वर्तमान सरकारले सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा प्रकाशन प्रशारणमा रोक लगाएसंगै देशभरका पत्रकारहरु उक्त निर्णयको विरुद्धमा आन्दोलित छन् ।
तालिमको सहजीकरण उमाकान्त खनालले गरेका थिए भने कार्यक्रमको सञ्चालन राजन साम्पाङ र स्वागत होमप्रसाद अधिकारीले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2'लोकतन्त्र, सरकार र प्रेस जगतको सम्बन्ध अन्योन्याश्रित'
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img