भद्रपुर ३१ भदौ । भद्रपुर नगर शिक्षा समितिले असोजबाट भौतिक रूपमा सम्पूर्ण पठनपाठन हुने गरी नगर क्षेत्रका विद्यालय खोल्ने निर्णय गरेको छ ।
झापाका अन्य स्थानीय सरकारले समेत भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने निर्णय सार्वजनिक भइसकेपछि भद्रपुर नगर सरकारले स्वास्थ्य मापदण्ड अपनाएर नगर भित्रका सवै विद्यालय सञ्चालन गर्न अनुमति दिएको हो ।
विद्यालय कोरोना महामारी तीव्र बढेसितै नगर शिक्षा कार्यालयले बैशाख १४ गतेबाट नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा भौतिक रूपमा पठनपाठ लगायत परीक्षा सञ्चालनका कार्यक्रम रोक्ने निर्णय सार्वजनिक गरेयता भौतिक रूपमा हुने पठनपाठन पूर्ण बन्द रहेको थियो ।
नगर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेलका अनुसार सरकारले तोकेको स्वास्थ्य सुरक्षाका सावधानीलाई पूर्ण पालना गर्दै भौतिक रूपमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म सञ्चालन हुने निर्णय नगर शिक्षा समितिले गरेको छ । यसअघि विर्तामोड नगरपालिकाले पनि असोज ४ गतेदेखि भौतिक उपस्थितीमै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले स्थानीय तहसंग समन्वय गरेर कोभिड १९ को अवस्थालाई विचार गरेर भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न सकिने निणर्य गरेसंगै विर्तामोड नगरपालिकाले असोज ४ गतेबाट भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निणर्य गरेको हो भने भद्रपुर नगरपालिकाले पनि असोजदेखि भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
असोजबाट भद्रपुरका सवै विद्यालय खोलिने

































































































