Homeसमाचारहिन्दू धर्म सापेक्ष राष्ट्रका लागि महाअभियान शुरु

हिन्दू धर्म सापेक्ष राष्ट्रका लागि महाअभियान शुरु

कालीस्थान १ असोज । नेपालको संविधानमा सनातन हिन्दू धर्म सापेक्षता पुनस्र्थापित गर्ने मुख्य उद्देश्य राखेर विश्व ॐकार एकता महाअभियान शुरु भएको छ ।
नेपाल सन्त समाजका पूज्य स्वामीजीहरु र बैदिक धर्मगुरुहरुको समुपस्थितिमा गत साउन ४ र ५ गते देवघाटमा संकल्प घोषणापत्र र सभा सम्पन्न गरी महाअभियान शुरु गरिएको ब्यासाचार्य एवं अभियानका अभियान्ता किशोरकुमार गौतमले जानकारी दिनुभयो ।
१० बुँदे अवधारणा पत्रसहित प्रारम्भ भएको महाअभियान अन्तरगत झापाको अर्जुनधारा–९ स्थित कालिकापीठ कालीस्थानमा प्रार्थनासभा सम्पन्न भएको छ ।
वयं राष्ट्रे जागृयाम वयर्मोकार मानिन : ।
हिन्दवो हि वयं सर्व धर्मरक्षणतत्परा : ।।

भन्ने मुख्य नारासहित हिन्दू सापेक्ष राष्ट्रप्रति समस्त राष्ट्रवासीलाई जागृत गराउने उद्देश्यसहित थालिएको महाअभियान र अहिलेसम्म भएका गतिविधिबारे ब्यासाचार्य गौतमले जानकारी गराउनुभएको थियो ।
अनौपचारिक रुपमा गरिएको कार्यक्रममा कालिकापीठ कालीस्थानका अध्यक्ष ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेल, पीठका प्राचार्य आ. रघुनाथ रिजाल, अभियान्ता शान्तिराम ढकाल र खेम खनाल, पण्डित देवी खतिवडा, लक्ष्मी गौतम, गंगा खरेल लगायतका धर्मगुरुहरुले सनातन वैदिक धर्मको इतिहास, आर्य सभ्यता, आदि वैदिक परम्पराबारे आ–आफ्ना धारणा राख्नुभएको थियो ।
गलत ठाउँमा दिएको दानले दिने–लिने दुवैलाई हानी हुने चर्चा गर्दै बक्ताहरुले गलत ब्यक्तिलाई मतदान गर्नाले हिन्दू धर्म सापेक्ष राष्ट्र खोसिएको धारणा राखेका थिए । आगामी निर्वाचनमा हिन्दू सापेक्ष राष्ट्रप्रति प्रतिबद्ध दल तथा ब्यक्तिलाई मात्रै मतदान गर्नुपर्नेमा बक्ताहरुको जोड थियो । झापाका विभिन्न स्थानका दुई दर्जन बढी वैदिक गुरुहरुको सहभागिता रहेको कार्यक्रममा ‘वयं राष्ट्रे जागृयाम…’ भन्दै देवीदेवताको प्रार्थनासमेत गरिएको थियो । अभियान अन्तर्गत हरिहर आश्रम बुट्टाबारी, माधव संस्कृत विद्याश्रम सहरेडाँगी लगायतका स्थानमा पनि प्रार्थना सभा सम्पन्न भएको छ ।


महाअभियानले हरेक जाति, वर्ग, समुदाय र सम्प्रदायलाई समेट्दै मौलिक संस्कृति, प्रकृतिपूजा र कुल परम्परासँगै राष्ट्रिय आस्था र स्वाभीमानको संरक्षण, संवद्र्धन गर्ने÷गराउने, धर्म परिवर्तन रोक्दै स्वधर्म परिपालनामा सबैलाई अभिप्रेरित गर्ने, ॐकार मूलक पन्थ, सम्प्रदाय संघसंस्थासँग विश्वस्तरमै सत्य, प्रेम, शान्ति, सेवा र अहिंसाका विषयमा सहकार्य गर्ने, राष्ट्रिय धर्ममूलक शक्तिहरुसँग सहकार्य, राजनीतिदेखि पृथक रहेर अभियानको मूल मर्मलाई स्वीकार गर्ने धर्म सापेक्षा पक्षधर शक्तिसँग मर्यादापूर्ण सहकार्य गर्ने, अभियानको उद्देश्य अनुकुलका धार्मिक संघसंस्थासँग सहकार्य गर्ने एवं संरक्षक र संयोजक मण्डलको निर्देशन बमोजिम संगठित रुपमा कार्य गर्ने अवधारणा पत्रमा उल्लेख छ ।
सनातन मर्यादा अनुकुलका ब्यक्ति एवं संस्थाहरुलाई महाअभियानमा जोड्न सकिने आचारसंहिता तय गरिएको छ भने आर्थिक एवं नैतिक पारदर्शिताका निश्चित मापदण्ड अपनाउने आचारसंहिता समेत तय गरिएको छ ।
साध्य हाम्रो–सनातन हिन्दू राष्ट्र हो, साधन हाम्रो –ॐकार एकता हो, मार्ग हाम्रो–विभिन्नतामा अभिन्नता हो, संकल्प हाम्रो–मूल र कूलको रक्षा हो, जस्ता नारा समेत अभियानले तय गरेको अभियान्ता गौतमले जानकारी दिनुभयो ।
अभियान अन्तर्गत लगभग डेढ महिनाको अवधिमा काठमाडौंको पशुपतिनाथसहित विभिन्न देवी–देवताका शक्तिपीठ, गुरुकुल, सार्वजनिक स्थलसहित २२ बढी स्थानमा प्रार्थनासभा सम्पन्न भएको र यो अभियान नेपालको संविधानमा हिन्दू धर्म सापेक्ष राष्ट्र कायम नभएसम्म जारी रहने गौतमको भनाई छ ।
ॐकार परिवारमा हिन्दू, बौद्ध, जैन, शिख, किरात लगायतका धर्मावलम्बीहरु पर्ने र यी सबैसँग कार्यगत एकता रहेको समेत उहाँको भनाई छ । नेपालमा ९५ प्रतिशत ॐकार परिवारका धर्मानुरागी भएको अनुमान छ । यतिधेरै ॐकार धर्मावलम्बी भएपनि संविधानसभाले संविधान घोषणा गर्ने क्रममा २०४७ सालको संविधानमा कायम रहेको धर्म सापेक्ष हिन्दू राष्ट्र हटाएर धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारहिन्दू धर्म सापेक्ष राष्ट्रका लागि महाअभियान शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img