काठमाडौं । राष्ट्रियसभाको शुक्रबार सम्पन्न बैठकमा दुईवटा विधेयक प्रस्तुत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र कार्कीले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ पेश गर्नुभएको थियो ।
त्यस्तै राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘‘लोक सेवा आयोग विधेयक, २०७५’ सभा समक्ष टेबुल गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्री देउवाका तर्फबाटै मन्त्री कार्कीले ‘निर्वाचन आयोग, नेपालको वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २४ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।
राष्ट्रियसभा बैठकमा खाद्य स्वच्छता र लोक सेवा आयोग सम्बन्धी विधेयक पेश

































































































