Homeसमाचारझापामा साउन ३२ सम्म थपियो निषेधाज्ञा, के के खुल्ला के के...

झापामा साउन ३२ सम्म थपियो निषेधाज्ञा, के के खुल्ला के के बन्द ?

झापा । कोरोना संक्रमितको ग्राफ निरन्तर बढेसंगै जिल्ला प्रशासन कार्यालय झापाद्वारा जारी निषेधाज्ञा अवधी बढेको छ ।
जिल्लास्थित कोभिड व्यवस्थापन समितिका संयोजक श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले साउन २३ गते मध्यरातदेखि साउन ३२ गतेराति मध्यरातसम्म लागू हुनेगरी निषेधाज्ञा गर्ने निर्णय गरेको जारी सूचनामा जनाइएको छ ।


बैठकले पूर्वी नाका काँकरभिट्टाबाट विदेशी नागरिक प्रवेश स्थगन गर्ने तथा नेपाल भारत खुल्ला सीमाना रहेको झापाका अन्य गौडाबाट प्रवेशमा पूर्ण रोक लगाउने, पूर्वी नाकाबाट प्रवेश गर्ने स्वदेशी नागरिकको हकमा एन्टिजेन विधिबाट स्वास्थ्य परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आए अवस्था हेरेर आइसोलेसन केन्द्र वा थप उपचारका लागि मेची अस्पताल लैजाने र झापा बाहेकका जिल्लाको हकमा आवश्यक समन्वय गरी गन्तव्यतर्फ पठाउने निर्णय गरेको छ ।


बैंक तथा वित्तिय संस्थालेले न्यूनतम कर्मचारी राखेर आलोपालो मिलाई हप्तामा ३ दिनमात्र सञ्चालन गर्नुपर्ने निर्णय गरेको बैठकले खाद्यान्न, फलफूल, दूध तथा दैनिक आवश्यक सामग्री तथा कृषिजन्य उत्पादनमा प्रयोग गरिने मलखाद, बिऊ–विजन खरिदको समयमा भने १ घण्टा बढाएर विहान ६ बजेदेखि ९ बजेसम्म पुर्याएको छ । यस अघि ६ बजेदेखि ८ बजेसम्म मात्र तोकिएको थियो ।
स्वास्थ्य मापदण्ड अपनाएर राजमार्गमा सार्वजनिक सवारी सञ्चालन गर्न पाउने निर्णय गरेको बैठकले निश्चित स्टेसनभन्दा सवारी रोक्न नपाउने निर्णय गरेको जनाइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापामा साउन ३२ सम्म थपियो निषेधाज्ञा, के के खुल्ला के के...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img