Homeसमाचार'सीमानामा खेतीका कारण समस्या छैन’

‘सीमानामा खेतीका कारण समस्या छैन’

भद्रपुर । सीमानाका जोडिएको पूर्वीनाका काँकरभिट्टामा होल्डिङ सेन्टर स्थापना भएसंगै भारतबाट नेपाल आउने नागरिकलाई व्यवस्थित रुपमा घर पुर्याउन सहज भएको छ ।
सीमानाकाबाट नेपाल भित्रिने पिसिआर रिपोर्ट र दुवै डोज खोप लगाएका बाहेक अन्य सबैको अनिवार्य स्वास्थ्य परिक्षण गर्नुका साथै एन्टिजेन परिक्षण गर्ने गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।

No description available.
फायल तस्विर । अघिल्लो वर्ष कोरोना संक्रमण शुरु भएपछि सीमा क्षेत्रमा अवलोकनका क्रममा


१४४ किलोमिटर खुल्ला सीमानाका रहेको झापा जिल्लाको सीमा क्षेत्रमा आवत–जावतमा कडाई भएको जानकारी दिंदै प्रजिअ तिमिल्सिनाले भन्नुभयो–‘सीमानामा टाइट छ, मुख्य नाका काँकरभिट्टाबाट आउने नेपालीको स्वास्थ्य परिक्षण गराएर स्थानीय पालिका वा अन्तर जिल्लामा जाने हुन् भने समन्वय गरेर पठाउने गरेका छौं ।’
नेपाल र भारतका सीमानाकामा खेतिपातीको साइनो जोडिएको झापाका सीमानाकामा खेती गर्न आउनेहरुको पनि समस्या नभएको उहाँले बताउनु भयो । खुल्ला सीमानाका कारण निर्वाध रुपमा भारतीयहरु खेति गर्न नेपाल आउछन् भनिए पनि भने जस्तो समस्या नरहेको बताउँदै प्रजिअ तिमिल्सिनाले भन्नुभयो–‘त्यस्तो समस्या छैन, ठाउँ–ठाउँमा सुरक्षा फोर्स छ, सुरक्षा निकायसंग समन्वय हुन्छ ।’
भारतको पश्चिम बंगाल र विहारसंग सीमाना जोडिएको झापाको सीमा क्षेत्रमा जनपद र सशस्त्र प्रहरीका ५६ वटा सुरक्षा बुथमा लगभग ८ सय सुरक्षाकर्मी परिचालित भएको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार'सीमानामा खेतीका कारण समस्या छैन’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img