झापा । सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको भन्दै सरकारले निर्माण सम्बन्धी ७ कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।
खरीद कार्यालयको बुधबार बसेको बैठकले बिहीबारदेखि लागू हुनेगरी एके एन्ड गान्बा कन्स्ट्रक्सनलाई दुईवर्ष तथा कालीगङ्गा निर्माण सेवा कुश्मा, कण्टा निर्माण सेवा र लटिनाथ कन्ट्रक्सन सेवालाई एक–एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।
अम्बर सप्लायर्स एन्ड ट्रेडर्स, आविद निर्माण सेवा र बिक्रम खाद्य स्टोर साँगालाई एकएक वर्षमा लागि कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेका कम्पनीले एक वर्षसम्म सरकारी निकायको कुनै पनि खरीद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तरता हुने कार्यालयले जनाएको छ ।
समयमा काम नसक्ने सात निर्माण कम्पनी कालोसूचीमा

































































































