Homeसमाचारसहकारीका चेक सबैतिर चल्ने बनाउछु –अर्थमन्त्री

सहकारीका चेक सबैतिर चल्ने बनाउछु –अर्थमन्त्री

झापा । अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकको चेक सबैतिर चल्ने बनाउने बताउनु भएको छ । सहकारीलाई जनताको बैंकका रुपमा उल्लेख गर्दै अर्थमन्त्री शर्माले जनताको बैंकको चेक नचल्ने कानुन कतै भए त्यसलाई आफुले खारेज गर्ने समेत उहाँले बताउनु भयो।
राष्ट्रिय सहकारी बैंकको १९ औं स्थापना दिवसको अवसरमा आयोजित ‘लघुवित्तमा सहकारी सम्मेलन’ कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । साथै गरिबले पाउने ऋण भन्दा घर गाडी किन्ने ऋणको ब्याज सस्तो हुनु बिडम्बना भएको बताउँदै शर्माले भन्नुभयो–‘‘गरिबहरुले पाउने ऋणको ब्याज महँगो छ भने, घरगाडी किन्ने ऋणको ब्याज सस्तो छ । यो मुलुकका लागि विडम्बना हो । यसलाई सच्याउनुपर्छ ।’
सहकारी र लघुवित्त संस्थाहरुले सुलभ र सस्तो ब्याजदरमा ऋण लगानी गर्नुपर्ने उल्लेख गर्दै गरिबी न्यूनिकरणका लागि हुँदै आएका अभियानलाई अझ व्यवस्थित रुपमा अघि लैजानुपर्ने बताउनु भयो। उत्पादनमुखी अर्थतन्त्रको विकास अहिलेको आवश्यकता भएकाले सहकारी बैंक, सहकारी संस्था र लघुवित्तहरु त्यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । बैंकले सदस्य संस्थाहरुको क्षमता अभिवृद्धि गरी रोजगारी श्रृजना गर्ने वातावरण बनाउनुपर्ने सुझाव दिंदै त्यसका लागि सरकारले आवश्यक सहयोग गर्ने आश्वासन समेत दिनुभयो ।
‘अन्य बैंक जस्तै सहकारी बैंक नाफाको पछाडि मात्रै नकुदोस्,’ उनले भने, ‘रोजगारी सिर्जना, गरिबी निवारण, उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने कुरामा बैंकको भूमिका बढोस् ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसहकारीका चेक सबैतिर चल्ने बनाउछु –अर्थमन्त्री
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img