Homeसमाचारसमाचारसम्पत्तिकर संशोधन गर्न कांग्रेससहित ६ दलको माग

सम्पत्तिकर संशोधन गर्न कांग्रेससहित ६ दलको माग

विर्तामोड २६ साउन । अर्जुनधारा नगरकार्यपालिकाले एकतर्फी ढंगले जनतालाई पीर मार्का पर्नेगरी बढाएको एकीकृत सम्पत्तिकर फिर्ता लिन माग गर्दै नेपाली कांग्रेससहित ६ वटा राजनीतिक दलले आइतवार ज्ञापन पत्र बुझाएका छन् ।
एकीकृत सम्पत्ति कर खारेज गर, सर्वपक्षीय छलफल र सहमतिमा नयाँ करनीति लागु गर, जनताको सर्वोच्चता कायम गर जस्ता नारा लेखिएका प्लेकार्डसहित निस्किएको जुलुसले शनिश्चरे बजार परिक्रमा गर्दै नगरपालिकामा पुगेर मेयर हरिकुमार रानालाई ज्ञापन पत्र बुझाएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकी, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लवकुश गिरी, राष्ट्रिय जनमुक्ति पार्टीका दिलीप राई, संघीय समाजवादी फोरम नेपालका नगर अध्यक्ष सिर्जलाल चौधरी, नयाँशक्ति पार्टीका नगर संयोजक अम्बिका फुयाल, देशभक्त गणतान्त्रिक मोर्चाका नगर इन्चार्ज हरिप्रसाद दाहाल, राप्रपाका नगर अध्यक्ष छलिलाल लम्साल लगायतको नेतृत्वमा पुगेको जुलुसले नगरपालिका भित्रै कोणसभा गरेर मेयरलाई सम्पत्तीकर तत्काल संशोधन गर्न माग राखेको थियो ।
यसअघि गत साउन १९ गते नेपाली कांग्रेसका ११ वटै वडा समितिले नगर क्षेत्रभित्रका ११ वटै वडा कार्यालयमा सात दिनभित्र नगरमा क्रियाशिल राजनीतिक दल र जनताको व्यापक सहभागितामा छलफल गराई नयाँ करनीति लागू गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
६ वटा राजनीतिक दलले नगरपालिकामा आज बुझाएको माग पत्रमा जनतासंग प्रत्यक्ष सरोकार राख्ने करनीति सात दिनभित्रमा संशोधन नगरे नगरपालिकामा रिले अनसन र तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारसम्पत्तिकर संशोधन गर्न कांग्रेससहित ६ दलको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img