Homeमेचीनगरप्रकृति र परिवेशका कथा कोर्दै बाहुनडाँगीका बाल ‘कुचीकार’

प्रकृति र परिवेशका कथा कोर्दै बाहुनडाँगीका बाल ‘कुचीकार’

बाहुनडाँगी जेठ । लामो समय मानव हात्तीद्वन्द्वको चपेटामा रुमलिएको बाहुनडाँगी विगत केही वर्षयता नयाँ तरिकाले अघि बढिरहेको छ । जंगली हात्तीको आतंकबाट प्रताडित बाहुनडाँगीमा पछिल्ला केही वर्षयता मानव–हात्तीमैत्री वातावरण निर्माणमा जुटेका छन् । हात्ती मान्छेको शत्रु होइन, सदुपयोग गर्न जान्यो भने आम्दानीको स्रोत हो, प्रकृतिको अनुपम उपहार हो, पर्यटनको आगमनको बाटो हो भन्ने कुरालाई आत्मसात गर्दै सोही अनुसार मानव हात्तीमैत्री वातावरणका लागि जुटेसंगै संभावनाका ढोकाहरु एकपछि अर्को खुल्दै गएको पाइन्छ ।
कुनै समय साँझ पर्दानपर्दै काँकरभिट्टाबाट उकालो जान डर मान्ने स्थानीय तथा पर्यटकहरु यतिबेला हात्ती र स्थानीयको जनजीवनबारे रिसर्च गर्न जाने गरेका छन् । हात्तीसंग जोडिएका विभिन्न पाटालाई अध्ययन गर्ने क्रममा मौलिकताको प्रवद्र्धनमा जुटेको बाहुनडाँगीमा हाल होमस्टे सञ्चालन, प्रकृति, पर्यावरण र पर्यटन लगायतका विषय मसी र कुचीको सहायतामा बाटोमा लाइभ आर्टकलाले गहिरो सन्देश दिइरहेको छ ।


बालबालिकाहरु स्थानीय परिवेशलाई कलाकारिता मार्फत स्केच वा आर्टमार्फत एउटा पेपरमा वा कुटमा उतार्दैछन् । बाहुँनडाँगीमा आर्टका ३० जना विद्यार्थी रहेका छन् । जो आर्टमा रमाउँछन् । तिनै मध्येका शिशिर घिमिरे । कक्षा ५ पढ्दैदेखि आर्ट गर्न शुरु गरेका उनी अहिले कक्षा ८ मा पढ्छन् । तीनवर्षको अवधिमा १५ वटा जति आर्ट बेचिसकेका उनीको आर्टप्रतिको आकर्षण ड्रोइङले बढायो । स्कूलमा मिसले दिएको प्रोजेक्ट वर्कमा ड्रोइङ बनाउँदा बनाउँदै आर्टकलामा आकृष्ट भएको शिशिर बताउँछन् । ‘मिसले दिएको प्रोजेक्टमा ड्रोइङ बनाउथ्यौं त्यति बेलैदेखि आर्ट मन पथ्र्यो’ शिशिरले भने । तीन वर्षमा पाँचसय जति आर्ट गरियो होला, त्यसमध्ये ‘१४/१५ वटा जति बिक्री भयो, उनले थपे, ‘एक्जिविसनहरुमा बढी विक्री हुन्छ ।’ पेन्टिङका लागि रङ ममीले किनीदिने भएकाले आर्ट बेचेर आएको पैसा पनि ममीलाई नै दिने गरेको उनले बताए । बाहुँनडाँगी चोक दक्षिणको सफा अनि सुन्दरबाटको किनारामा लाइभ आर्ट गरिहेका घिमिरेले दिनको आधाघण्टा मात्रै मोवायल हेर्ने गरेको उनले बताए ।
लाइभ आर्टका लागि बाटोमा भेटिएका आर्टका अर्का विद्यार्थी हुन् ऋषी । आर्ट सिक्न थालेको २ वर्ष हुँदा ४/५ वटा आर्ट विक्री भएको बताए । सानैदेखि अरुले आर्ट गरेको देखेकै कारण आफूपनि प्रोत्साहित भएको ऋषीको भनाई छ । आर्टको ३० दिनको प्रोजेक्टका लागि लाइभ आर्टमा भेटिएका उनले भने, मलाई लाग्दैनथ्यो यो आर्ट बिक्री हुन्छ भनेर, तर कोही आइदिनु भयो र किनीदिनु भयो उनले थपे त्यो बेला धेरै खुशी लाग्यो ।’ २ वर्षको अवधिमा ४/५ वटा आर्ट बिक्री भएको बताउँदै ऋषीले भने, ‘पहिले पहिले सरहरुले गरेको देखे, अनि अहिले मलाई पनि गर्न मन लाग्यो ।’ पहिलो पटक ५ सयमा आर्ट बिक्री भएपछि अझ उत्साहित भएको ऋषीको भनाई छ ।


झण्डै ७ वर्षअघि बाहुनडाँगीमै भएको पेन्टस् तालिमबाट प्रोत्साहित भएका अर्जुन बस्नेत अहिले सोही विषयका गुरु भएका छन् । सिक्ने सिकाउने काम निरन्तर चलिरहँदा भूमिका अनुसार शिक्षक र विद्यार्थी दुवैको जिम्मेवारी पूरा गर्दै आएका बस्नेत आर्ट सम्बन्धी स्थानीय विद्या विकास विद्यालयमा पढाउँछन् भने ललितकला काठमाडौंका विद्यार्थी पनि हुन् ।
आर्ट सिकेको १ वर्षमै स्थानीय ठाउँमा आफैंले आयोजना गरेको एक्जिविभसन आफूले गरेको आर्ट बिक्री भएपछि उत्साहित भएको बताए । एक्जिबिसनमा आफूले गरेको एउटा आर्ट एकहजारमा विक्री भएपछि आफू उत्साहित भएको बताए । ‘बाटोतिर लाइभपेन्ट गर्दा चै मान्छेहरुले बौलाएछ पनि भन्थे तैपनि बनाउँदै गएँ, अहिले सबैले चिन्न थालेका छन् ।’ वर्षमा एकपटक हुने आर्ट सम्बन्धीको नेशनल एक्जिविसनमा बाहुनडाँगीका आर्ट बढी विक्री हुने गरेको उनको भनाई छ  ।
एजुकेशन पढ्दापढ्दै फाइन आर्टमा हामफालेका अर्जुनले शुरु शुरुमा आर्टका लागि कलर किनी माग्नुपथ्र्यो रे विगतको स्मरण गर्दै भने, ‘कलर महंङ्गो पथ्र्यो, प्यारेन्टस्लाई माग्नुपर्दा गारो हुन्थ्यो, आफैंलाई अप्ठ्यारो लाग्थ्यो ।’
भारतमा हुने आर्ट एक्जिविसनमा समेत सहभागी हुँदै आएका अर्जुन आर्ट सम्बन्धी नेपाल भारतको बुझाईबारे भन्छन्, ‘नेपालमा भन्दा इन्डियामा राम्रो हुने, त्यहाँका मान्छेले चै आर्ट राम्रो बुझेका छन्, उनले थपे, ‘अझ विशेष गरी कालोम्पोङतिरकाले ।’
३ वर्ष अघि स्थानीय स्कूलमा आर्र्ट सिकाएको भएपनि अहिले एउटै स्कूलको पुरा समय शिक्षक भएका छन् । हाल ३० जना विद्यालय तहका बालबालिकाहरुले आर्ट प्रशिक्षणमा छन् ।

स्थानीय बालबालिकाका कुचीले कोरेका चित्रहरुका साथमा अर्जुन ।
कुनै एउटा पेन्टिङले सन्देश दिनुपर्छ भन्ने मान्यता राख्ने अर्जुन पूरा कथा चित्रले बोल्नुपर्ने बताउँछन् । आर्ट मै भविष्य देखेको बताउँने उनले भने, ‘बाहुनडाँगीबासीले भर्खरदेखि बुझ्न थाल्नु भएको छ, उनले थपे, ‘भविष्य राम्रै छ भन्ने लाग्छ, यसैबाट जीवन चल्छ चन्ने लाग्छ ।’
मानव र हात्तीबीचको सम्बन्ध मित्रतामा परिणत गराउन लामो समयदेखि संघर्षरत मेचीनगर–४(साविक बाहुनडाँगी) का वडाध्यक्ष अर्जुन कार्की हात्ती मान्छेको शत्रु नभएको बताउँछन् । हात्ती विवेकशील प्राणी भएको बताउँदै भन्छन्, ‘जंगली हात्तीको आगमन र बिनास हात्ती र मानिस दुवैको व्यवहार सकारात्मक बन्दै गएको छ। हात्तीको ऊबेलाको आतंकलाई अहिले पर्या–पर्यटनसंग जोड्ने कार्यमा धेरै सहज भएको वडाध्यक्ष कार्कीले बताए । पर्या–पर्यटनको अवधारणा अन्तर्गत आर्टले पनि चेतना जगाउने कार्यमा सहयोगी भूमिका रहेको बताए । ‘यहाँको प्रकृति, हात्तीका चित्रहरु, हात्ती र मानवबीचको मैत्रीपूर्ण सम्बन्ध कायम गर्नुपर्छ भन्ने एउटा चित्रमार्फत सन्देश प्रवाहमा सहयोगी भएका छन् ।’
बाहुनडाँगी र समग्र मेचीनगर क्षेत्रलाई कलाको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास भइरहेको छ। हात्ती–मानव द्वन्द्व, मेची नदीको पर्यावरण र चिया बगानका दृश्यहरूलाई क्यानभासमा उतार्ने कामको नेतृत्व गरिरहेका छन्। उनीहरूले स्थानीय युवा र बालकालिकालाई चित्रकला सिकाउने कार्यशालाहरू समेत सञ्चालन हुँदै आएको अध्यक्ष कार्कीले बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
मेचीनगरप्रकृति र परिवेशका कथा कोर्दै बाहुनडाँगीका बाल ‘कुचीकार’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img