Homeसमाचारविर्तामोड नगरपालिका तीन वडाको संयुक्त कार्यालयमा बम विस्फोट

विर्तामोड नगरपालिका तीन वडाको संयुक्त कार्यालयमा बम विस्फोट

विर्तामोड २७ साउन/ झापाको विर्तामोड नगरपालिकाका तीनवटा वडाको संयुक्त कार्यालयमा सोमबार बिहान बम बिस्फोट भएको छ ।
बिहान साढे ४ बजे विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम बिस्फोट भएको हो ।
बिस्फोटका कारण कार्यालयमा रहेका कम्प्युटरसहितका उपकरण तथा कागजात नष्ट भएका छन् । यस्तै झ्यालका सिसा फुटेका छन् । कार्यालयको ५० मिटर आसपासमा रहेका घरका झ्यालका सिसा समेत फुटेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जनाएका छन् ।
बिस्फोट भएको बम प्रेसर कुकर बम हुन सक्ने आशंका प्रहरीले गरेको छ । अहिले सुरक्षा व्यवस्था कडा पारिएको डिएसपी श्रेष्ठले बताएका छन् ।


बम बिस्फोट कसले गराएको भन्ने यकिन नभए पनि देशका विभिन्न स्थानमा स्थानीय तहका कार्यालयमा लक्षित गरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिस्फोट गराइरहेकाले यो बिस्फोटमा पनि उसकै संलग्नता हुन सक्ने अनुमान प्रहरीको छ । घटनास्थलको झापाका एसपी दिनेसराज मैनालीसहितको टोलीले अवलोकन गरेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविर्तामोड नगरपालिका तीन वडाको संयुक्त कार्यालयमा बम विस्फोट
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img