रोसन भट्टराई ।
झापाली नवगायिका विनिसा लुँइँटेलको शब्द तथा स्वरमा रहेको तिजको रमझम बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

शिवसताक्षी ८ झिलझिलेकी लुईँटेलले यस अघिको तिजमा पनि तिजको गित सार्वजनिक गरेकी थिइन् ।
विनिसा र वसन्त संगम कालाथोकीको संयुक्त स्वरमा रहेको यस म्यूजिक भिडियोमा मोडल करिष्मा ढकाल र विक्रम चौहानको अभिनय तथा नृत्य देख्न सकिन्छ ।
सानै देखि गायनमा रुची राख्ने लुइँटेलले अब तिजको गितहरुमात्र नभएर दशैँ तथा तिहारमा पनि एउटा नयाँ गित सार्वजनिक गर्ने सोचमा रहेको बताइन् ।
भिडियो हेर्न तल लिंकमा क्लिक गर्नुहोस ।

































































































