HomeFeatured 2सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको अध्यक्षमा कार्की

सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको अध्यक्षमा कार्की

भद्रपुर २१ जेठ । सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको साधारणसभा तथा छैटौं अधिवेशनले बाबुराम कार्कीलाई अध्यक्षमा चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्ष रहेका कार्कीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
बिहीबार चन्द्रगढीमा सम्पन्न सभाले समितिको वरिष्ठ उपाध्यक्षमा खड्गबहादुर बुढाथोकी, उपाध्यक्षमा शुसिला बस्नेत, सचिवमा निर्मला बास्तोला र कोषाध्यक्षमा महेश न्यौपानेलाई चयन गरेको छ । आगामी २ वर्षे कार्यकालका लागि १६ सदस्यीय कार्यसमिति सर्वसम्मत समिति चयन गरिएको बताइएको छ ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले समाजको शान्ति सुव्यवस्था कायम गराउन सेवा केन्द्रको भुमिका महत्त्वपूर्ण रहेको बताउदै सुशासन कायम गराउन समेत केन्द्रले योगदान गर्नुपर्ने बताउनुभयो ।
अपराध मुक्त समाज निर्माणको समुदायले परिकल्पना गरेको बताउदै अपराध न्यूनीकरणमा समुदायले प्रहरीलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । जिल्ला प्रहरी कार्यालय कि प्रमुख बसुन्धरा खड्काको समेत उपस्थित रहेको कार्यक्रममा समाजसेवी दुर्गाप्रसाद भट्टराई , भद्रपुर १० नं. वडाका अध्यक्ष टेकबहादुर खड्का लगायतले मन्तव्य राखेका थिए ।
सभामा केन्द्रलाई सहयोग गर्ने लालबहादुर दर्जी चाहारलाई कदर पत्रले सम्मान गरिएको थियो भने २५ जना आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
सो कार्यक्रममा अध्यक्ष दुर्गाप्रसाद पाठकले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । पाठकको अध्यक्षतामा सम्पन्न सभाको संचालन सचिव खड्गबहादुर बुढाथोकी र स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष बाबुराम कार्कीले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको अध्यक्षमा कार्की
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img