Homeसमाचारसमाचारविना सुनुवाई भारतीय जेलमा बन्दी बनाइएका दुर्गा प्रसादलाई आमाले गरिन् आँसुले स्वागत,

विना सुनुवाई भारतीय जेलमा बन्दी बनाइएका दुर्गा प्रसादलाई आमाले गरिन् आँसुले स्वागत,

इलाम । भारतका विभिन्न जेलमा विनासुनुवाइ बन्दी बनाईएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) आइतबार साँझ इलामकाे माइ नगरपालिका १० लुम्बाकस्थित आफ्नो घर पुगेर आमालाई भेटेका छन्।
२० वर्षपछि घर पुगेका दुर्गालाई ८५ वर्षीया आमा धनमायाले हर्षका आँशुले स्वागत गरिन्। 
दुर्गाप्रसाद नेपाल प्रवेश गरेको खबर सुनेसँगै उनकाे स्वागतका लागि आमा, आफन्त र गाउँले भेला भएर बसेका थिए।
अदालतको आदेशपछि शनिबार दुर्गाप्रसाद कोलकातास्थित दमदम जेलबाट छुटेका थिए।  उनी बिहान करिब ९:३० बजे पूर्वीनाका काँकडभिट्टाबाट नेपाल प्रवेश गरेका थिए। दुर्गाप्रसादलाई लिन भाइ प्रकाशचन्द्र, कोलकातास्थित नेपाली वाणिज्य दूतावासका सचिव सतिश थापालगायतको टोली कोलकाता पुगेको  थियो।  उनलाई लिन आइतबार बिहान  कान्छा काका तुलसी तिम्सिना, प्रदेश १ का सांसद भाइ धिरेन्द्र शर्मा  (तिम्सिना रमण),  बुहारी लक्ष्मी  न्यौपाने (सरु) लगायत आफन्तहरु काँकरभिट्टा पुगेका थिए। दुर्गाप्रसादलाई देख्नेबित्तिकै काका तुलसी र  आफन्तले हर्षका आँशु खसाएका थिए ।
कोलकाता उच्च अदालतका न्यायाधीश ठोटविल बी राधाकृष्णन् र अनिरुद्र रोयको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा शनिवार उनलाई दमदम कारागारबाट  रिहा गरिदिएको थियो । कोलकातादेखि स्थलमार्ग हुँदै  सिलगुढीबाट काँकडभिट्टा आउँदा विश्व सेवा बिस्तार संस्था, सञ्चारकर्मी र आफन्तले उनलाई फुलमाला र खादा लगाएर स्वागत गरेका थिए।
उनले आफ्नो देश आउन पाएकोमा खुशी व्यक्त गर्दै आफू निर्दोष  भएको र जेलमा चरम यातना पाएको बताए।  काँकडभिट्टामा उनले आमालाई भेट्न हतारो भएको बताएका थिए।
रातभरको अनिदो र गाडी चढेर काँकभिट्टा आएका दुर्गाप्रसादले अलिअलि हाँसेर थोरै मात्र बोले। उनी सेतो कमिज र खरानी ट्राउजर लगाएर काँकडभिट्टा आइ पुगेका थिए ।
लामो अवधि जेलमा शारीरिक र मानसिक यातनाका कारण उनको स्वास्थ्य अवस्था नाजुक छ । कम बोल्छन् उनी एकोहोरी मात्रै रहन्छन् । अदालतले मानसिक स्वास्थ्यको कारण जनाउँदै रिहाइको आदेश दिदा ६/६ महिनामा उनको स्वास्थ्य अवस्था जानकारी गराउन भनेको भाइ प्रकाशचन्द्रले बताए। उनको मुद्दाको अन्तिम फैसला भइसकेको छैन।
बुवा चम्पाखर र आमा धनमाया तिम्सिनाको जेठो छोरा दुर्गाप्रसादले माइला भाइ केदार, कान्छा भाइ धर्मानन्द र बहिनी पवित्राको नाम मुस्किलले  लिए। उनका  बुवा र माइला भाइको निधन भइसकेको छ।
प्रकाशचन्द्रले  दुर्गाप्रसादको बोलाउने नाम दिपक भएको बताए । १९ वर्षको उमेरमा तोरी बेच्न पश्चिम इलामको मङ्गलबारे बजार जाने निहुँले दुर्गाप्रसाद रोजगारीको खोजीमा भारतको दार्जीलिङ पुगेका थिए। दार्जीलिङमा त्यसबेला गोर्खाल्याण्ड प्राप्तिका लागि आन्दोलन चलिरहेको थियो। उनी त्यहीबेलादेखि बेपत्ता भएका थिए। कतैबाट खबर नआएपछि उनी आन्दोलनमै मारिएको परिवारले आशंका गरेको थियो। हराएको ४० वर्षपछि बङ्गाल रेडियो क्लबका माध्यमले उनी जेलमा  रहेको खबर  पाएको चन्द्रप्रकाशले बताए ।
आठ वर्ष अघि अर्थात २०६९ सालमा दिपक  जैसीको नामबाट घरमा एउटा चिठी आएको थियो । जेलमा बस्दा उनले आफ्नो नाम दिपक र थर जैसी बताएकाले त्यसरी आएको परिवारको विश्वास छ  । त्यसबेला चिठी आएपनी बेपत्ता  दुर्गाप्रसादको नाम परिवर्तन गरेर  कसैले मजाकमा  चिठी पठाएको सोचेको थियो। त्यसबेला  चिठीको यथार्थ बुझ्न परिवारका सदस्य भारत जान सकेका थिएनन् ।
दमदम जेलमासँगै रहेका पश्चिम बङ्गाल मेदनीपुरका दाधेश्याम दास नाम गरेका कैदीले दुर्गाप्रसादको अवस्था र पहिचान बारे पहिलोपल्ट जेलबाहिर खबर दिएका थिए ।
दासले नै बङ्गाल रेडियो क्लबमा नेपालका दुर्गाप्रसाद  चार दशकदेखि  बिनाकारण रहेको खबर पुर्‍याएका थिए । त्यसपछि मिडियाले समाचार प्रकाशन र प्रशारण गरेका थिए । उनलाई जेल बाहिर ल्याउन रेडियो क्लबले  महत्वपूर्ण भूमिका निर्बाह गरेको प्रकाशचन्द्रले बताए ।
आन्दोलनका बेला दुर्गाप्रसाद  दार्जीलिङको जुन घरमा आश्रय लिएर बसेका थिए, त्यही घरकी महिला अभिभावकको  चियाबारीमा विभत्स हत्या भएको थियो।  त्यसको दोष उनीमाथि थोपरिएको थियो । त्यो आरोप झुठो भएको बताइएको छ । प्रहरीमा झुठो आरोप दर्ता भएपछि पीडित भनिएका तर्फबाट एकपल्ट पनि मुद्दामा चासो  नदिएको र बिना सुनुवाई सजाय सुनाउँदै दुर्गाप्रसादलाई कारागार सार्दै दमदममा पुर्‍याइएको चर्चा छ ।
विश्व सेवा बिस्तारका प्रतिनिधि इन्द्र बस्नेतले बङ्गाल रेडियो क्लबसँगको सम्पर्कपछि इलाममा दुर्गाप्रसादका भाइ प्रकाशचन्द्रसँग सम्पर्क गरेको बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारविना सुनुवाई भारतीय जेलमा बन्दी बनाइएका दुर्गा प्रसादलाई आमाले गरिन् आँसुले स्वागत,
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img