Homeसमाचारसमाचारकोभिडले थलिएका संस्थागत विद्यालयको मनाेभाव उच्च पार्न नयाँ नीति ल्याउने

कोभिडले थलिएका संस्थागत विद्यालयको मनाेभाव उच्च पार्न नयाँ नीति ल्याउने

झिलझिले । कोभिड १९ ले थलिएका संस्थागत विद्यालयको पुर्स्थापनाका लागि प्याब्सनले नीति तथा कार्यक्रम ल्याएर निजी विद्यालयको मनोभावना उच्च बनाउने प्याब्सनका केन्द्रिय अध्यक्ष टिकाराम पुरीले बताएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाजेशन नेपाल (प्याब्सन) को १ नम्बर भेलालाई बुधबार सम्बोधन गर्दे केन्द्रिय अध्यक्ष पुरीले भने, केन्द्रले कोभिडका कारण बन्द भएका निजी विद्यालय, शिक्षक, कर्मचारी र विद्यार्थीको मनोभावनालाई सम्बोधन हुने खालको कार्यक्रम ल्याउने तयारी गरेको छ । शिक्षा क्षेत्रमा लगानी गरेका उद्यमी निरास नहुनुहोस् ।’
सरकारसंग कोभिडले पुर्याएको क्षतिका बारेमा केन्द्रिय समितिले पटक पटक कुरा गरिरहेको छ उनले भने, परिणाम पोजेटिभ आउनेमा हामी ढुक्क र्छौ । तीनतहकै सरकारसंग कार्यगत एकता गर्दे प्याब्सनले परिणाम मुखी कार्यक्रमअघि बढाएर शिक्षा क्षेत्रमा लगानी गरेका उद्यमीको लगानी डुब्न नदिन केन्द्रिय समितिले सरकारसंग छलफल भईरहेको उनले बताए ।
प्याब्सनको केन्द्रदेखि पालिकासम्म रहेका संरचनालाई एउटै पानामा गाभिनुपर्ने भेलामा जोड दिइएको थियो । जहाँ कारोबार छ, राज्य पक्षले त्यहिको अभिलेख राखी सोको प्रतिवेदन केन्द्रलाई बुझाएर कर संकलन गर्न सरकारलाई आग्रह गरिएको छ । यसअघि तीन तहकै व्याव्सनको पान नम्बरबाट अलग अलग काम कार्वाही हुदै आएको छ । प्याब्सनको केद्रिय कार्यालय निर्माण सुरु भएको भेलामा जानकारी दिइएको थियो ।
भेलामा प्याव्सनको बिगत तथा वर्तमानको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । शिक्षाका नीति, ऐन र कार्यक्रमका बारेमा पनि दफाबार छलफल भएको थियो ।
निजी तथा आवासीय विद्यालय अर्गनाजेशन नेपाल प्रदेशका अध्यक्ष युवराज वशिष्ठको अध्यक्षतामा भएको भेलामा उपाध्यक्ष नारायण प्रसाद घिमिरे, केन्द्रका सह अध्यक्ष डिके ढुँगाना, केन्द्रिय महासचिव कुमार घिमिरे, कोषाध्यक्ष सन्तोषमणी न्यौपाने लगायतले मन्तव्य राखेका थिए । प्रदेशका सचिव सुमित थापाले संचालन गरको कार्यक्रमको स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष टिकाराम ढकाले गरको प्याव्सन १ नम्बर प्रदेश उपाध्क्ष मिलन ढुँगानाले जानकारी दिएका छन् ।
झापाको पाडाजुँगीमा भएको भेलामा १ नम्बर प्रदेशका प्याव्सनका महाधिवेसन प्रतिनिधि, नगरका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष र १४ जिल्लाका सबै कार्यसमिति गरी ३२२ जना सहभागी थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारकोभिडले थलिएका संस्थागत विद्यालयको मनाेभाव उच्च पार्न नयाँ नीति ल्याउने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img