Homeसमाचारसञ्चार गृहको अक्षयकोषमा सहाराद्वारा एकलाख सहयोग

सञ्चार गृहको अक्षयकोषमा सहाराद्वारा एकलाख सहयोग

बिर्तामोड । झापाका महिला पत्रकारहरूको छाता संगठन नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष बृद्विका लागि सहारा नेपालले १ लाख रूपैयाँ सहयोग गरेको छ ।
बिर्तामोड– १ मा मुख्य कार्यालय रहेको सहारा नेपालले विहिबार आफ्नै कार्यालयमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
सहारा नेपालमा कार्यरत महिला कर्मचारीको टोलीले नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, अक्षयकोषका संयोजक रेजिना गौतम, निवर्तमान अध्यक्ष अम्बिका भण्डारी, सहसचिव शुशिला संग्रौलासहितको टोलीलाई चेक हस्तान्तरण गरेको सञ्चार गृहका सचिव भूमिका सुब्बाले जानकारी दिनुभयो ।


सो अवसरमा सहारा नेपालका प्रबन्ध निर्देशक महेन्द्रकुमार गिरी, उप निर्देशक लक्ष्मण खतिवडा, सहायक दिनेश निरौला लगायत सहाराका कर्मचारीको उपस्थिति रहेको थियो ।
सहारा नेपालमा आवद्ध कर्मचारीका बार्षिक रुपमा एकदिनको तलब बराबरको रकम संकलन गरि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको सहाराले सञ्चार गृहलाई सहयोग प्रदान गरेको संस्थाका प्रबन्ध निर्देहशक गिरीले बताउनु भयो ।
सो अवसरमा नारी सञ्चार गृहका अध्यक्ष शिवाकोटीले सञ्चार गृहको अक्षयकोषको उद्देश्यबारे थप प्रकाश पार्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सो अवसरमा २५ लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्यले शुरु गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा हालसम्ममा लगभग २० लाख रुपैयाँ संकलन भइसकेको जानकारी दिइएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसञ्चार गृहको अक्षयकोषमा सहाराद्वारा एकलाख सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img