Homeसमाचारसमाचारमुस्लिम युवा व्यावसायिक गाईपालनमा ,मासिक ८० हजार बढी आम्दानी

मुस्लिम युवा व्यावसायिक गाईपालनमा ,मासिक ८० हजार बढी आम्दानी

कामाटोली । २ वर्ष अफगानिस्तान र ३ वर्ष इराकको बन्करमा बैदेशिक जीवन बिताएर घर फर्केका झापा गाउँपालिका(३ कामाटोलीका मुस्लिम युवा साजेमान सेख व्यावसायिक गाईपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन ।
उनले झन्डै १ करोड रुपैयाँ लगानी गरेर पाथिभरा बहुउद्देश्यीय कृषि फार्म दर्ता गरि खोलेका हुन।गोठ बनाउने जग्गा समेत किनेर फार्म सञ्चालन गरेकाले लागत धेरै लागेको उनले बताए।बिदेश जानुभन्दा आफ्नै गाउँठाउँमा केही गर्ने उद्देश्य र कृषि तथा पशुपालनबाट जिबिकोपार्जन गर्न सकिने सम्भावना देखेर व्यवसायिक रुपमै गाईपालन शुरु गरेको सेख बताउछन।सामाजिक काममा समेत अम्बल सेखले गाईपालन आफ्नो जन्मै देखीको सोख भएकाले गाईपालन गर्न मुस्लिम र हिन्दु नछुटिने बताए।
सुरुमा जग्गा किनेर गोठ बनाई व्यवसाय सुरु गरेका सेखको फार्ममा अहिले ८ वटा उन्नत जातका गाई छन ।होलिस्टेन,साइबल र अष्ट्रेलियन फ्रीजन जातका गाई संगै ५ वटा बाछाबाछी छन।तत्कालै भारतको पटना बाट ७ वटा उन्नत जातकै गाई मगाइएको र आउने प्रक्रियामा रहेको सेखले बताए। ब्याबसायिक गाईपालनबाट हौसिएका सेख सरोकारवालाको सहयोग पाएमा अझै गाईपालनलाई बिस्तार गरेर ८० माउ गाई पाल्ने सोचमा छन ।
उन्नत जातका गाई गाउँभरी बिस्तार गर्ने सोचले इच्छुक गाईपालक किसानलाई पनि गाई दिने गरेको सेखले बताए।दुध बिक्रिबाट मासिक ८० हजार भन्दा बढि आम्दानी हुने गरेको सेख बताउछन । विदेशमा भन्दा स्वदेशमा श्रम गरेमा राम्रो आम्दानी गर्न सकिने देखेपछि अहिले नेपालमा नै गाई पाल्न थालेको सेखको भनाइ छ । ‘दैनिक १५० लिटर दुध उत्पादन हुन्छ,’ उनले भने, ‘मैले माग अनुसार दुध पुर्याउन सकेको छैन ।’यहाँ गाईको दुध खोज्ने ग्राहक धेरै भएकाले बजारकोसमेत समस्या नभएको उनको भनाइ छ ।
खाडी मुलुकमा काम गर्दा गर्दै विदेशमा गर्ने दुःख नेपालमै गर्ने सके मनग्गे आम्दानी गर्न सकिने सोचेर स्वदेश फर्किएर व्यवसायिक गाई पालनमा हात हालेको कृषक सेखले बताए । परिवारसँग बसेर कमाएको थोरै रकम पनि धेरै हुने सेखको बुझाई छ । आफूलाई यस ब्यवसायले आत्मसन्तुष्टि मिलेको उनले बताए वि.सं. २०७३ सालमा झापा गाउँपालिका-३ स्थित कामाटोलीमा रहेको जग्गा किनेर आधुनिक गोठ निर्माण गरि गाई फार्म खोलेका सेखले स्थानिय सहकारीमा दूध बिक्री गर्दै आएका छ्न । सहकारीले जतिपनि दूध खरिद गरिदिने उनले बताए ।
उनले गाईको गोठ समेत ब्यबस्थित बनाएका छन् । गोठ सरसफाइदेखि गाईलाइ घाँस, दाना र पानी खुवाउने काममा तीन जनाले रोजगार समेत पाएका छन ।झापा गाउँपालिकाले कुटी काट्ने मेसिन अनुदानमा दिएको बताउदै अन्य सरकारबाट हुने अनुदान भने नआएको सेखले बताए।
सरोकारवाला निकायबाट सहयोग पाए ब्यवसायलार्इ जिल्ला कै नमुनाको रुपमा बिकास गर्ने सोच रहेको उनको भनाइ छ । आफू जस्ता कृषकलार्इ राज्यले सहयोग गर्नुपर्ने धारणा उनको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारमुस्लिम युवा व्यावसायिक गाईपालनमा ,मासिक ८० हजार बढी आम्दानी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img