Homeसमाचारमहिला उद्यमीद्वारा नारी सञ्चारको अक्षयकोषमा सहयोग

महिला उद्यमीद्वारा नारी सञ्चारको अक्षयकोषमा सहयोग

विर्तामोड २४ फागुन । १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर महिला उद्यमी संघ नेपालले श्रमजीवि महिला पत्रकारहरुको छाता संगठन नारी संचार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष बृद्धिका लागि सहयोग प्रदान गरेको छ ।
विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच उद्यमी महिलाहरुको संस्थाले नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, अक्षयकोषका संयोजक रेजिना गौतम सहितको टोलीलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि तथा विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाई, संस्थाका अध्यक्ष नैनकला भट्टराई लगायत उद्यमीको टोलीले १० हजार एकसय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए ।
यसैबीच श्रमलाई उद्यममार्फत पैसामा जोड्न प्रयास गर्ने महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले महिला उद्यमी संघ नेपालले दुईजना महिलाहरुलाई सम्मान गर्नुका साथै श्रम गर्ने उपकरण समेत प्रदान गरेका छन् ।
यसरी सम्मानित हुनेहरुमा विगत २५ वर्षदेखि सडक पेटीमा मकै पोलेर विक्री गर्दै आएकी जोस्ना उराउ र फ्रेस हाउस सञ्चालक कविता बास्तोला रहेका छन् ।
महिला उद्यमी संघ नेपाल झापाका अध्यक्ष नैनकला भट्टराईको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका उपप्रमुख प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रसाई, नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, एवीसी नेपालका प्रदेश सदस्य कञ्चना ढकाल लगायतले शुभकामना राख्नु भएको थियो ।
महिला उद्यमी संघ नेपाल झापाका महासचिव शर्मिला अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष यशोदा चापागाँई र कार्यक्रमको औचित्य माथि महिला उद्यमी संघ नेपालका प्रदेश संयोजक गोमा भट्टराईले प्रकाश पार्नु भएको थियो ।
सोही अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश–१ सदस्य तीर्थ सिग्देलले पनि पूर्व घोषित ५ हजार रुपैयाँ अक्षयकोषका लागि हस्तान्तरण गर्नुभएको छ । सिग्देलले आफूले लेखेका पुस्तक विक्रीबाट प्राप्त रकम मध्ये केही रकम नारी संचार गृहको अक्षयकोषमा प्रदान गरेको बताउनु भएको थियो ।
यसैबीच साविक बाहुनडाँगी गाविसका अध्यक्ष तथा समाजसेवी बाहुनडाँगी निवासी निलकण्ठ तिवारीले पनि नारी सञ्चार गृहको अक्षयकोषका लागि रकम प्रदान गर्नुभएको छ । तिवारीले सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटीलाई नगद पाँच हजार एकसय रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमहिला उद्यमीद्वारा नारी सञ्चारको अक्षयकोषमा सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img