Homeसमाचारसमाचारकालिकापीठमा साउनभर रुद्राभिषेक हुने

कालिकापीठमा साउनभर रुद्राभिषेक हुने

शनिश्चरे १ साउन । देवताका पनि देवता मानिने शिव महादेवको प्रिय महिना साउनभर कालिकापीठ कालीस्थानमा दैनिक रुद्राभिषेक महायज्ञ गरिने भएको छ । बुधबारदेखि यसको प्रारम्भ गरिएको हो । पीठका अध्यक्ष ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेलले रुद्राभिषेक महायज्ञ गराउदै यसको प्रारम्भ गर्नुभएको हो ।


श्रद्धालु भक्तजनको इच्छा अनुसार साउन महिनाभर रुद्राभिषेक महायज्ञ गर्न सकिने पनि पीठका प्राचार्य आ. रघुनाथ रिजालले जानकारी दिनुभयो । पीठमा रहेको जयन्तेश्वर शिवालयमा प्रतिदिन रुद्राभिषेक महायज्ञ हुदै आएपनि साउन महिनाभर भगवान शिवको पूजा, उपासना, वैदिक मन्त्रोच्चारणसहित लघु रुद्राभिषेक महायज्ञ गरिने भएको हो । पीठमा वर्षेनी साउन महिनाभर भगवान शिवको विशेष पूजा–आरधना गरिदै आएकोमा यसबर्ष पनि निरन्तरता दिइएको उपाध्यक्ष डिल्लीराम दाहालले जानकारी दिनुभयो ।
वैदिक ग्रन्थ तथा पुराणहरुमा उल्लेख भए अनुसार शिवरात्री, साउन महिना र प्रत्येक महिनाको सोमबार शिव भगवानको पूजा–उपासनाका लागि उत्तम मानिन्छ ।
समुन्द्र मंथनबाट कालकुट बिष निस्केर संसार भष्म हुनलाग्दा भगवान शिवसंकरले विषलाई ग्रहण गरी आफ्नो कण्ठमा समाहीत गरी समग्र सृष्टिको संरक्षण गरेको स्मरण गर्दै उक्त विष शमनका लागि जल, दुध,दही, ध्यू, ऊखु, चिनी, सख्खर आदिद्वारा शिवजीलाई स्नान गराएर यिनै वस्तुहरुको अभिषेक दिदै वैदिक मन्त्रोच्चारणसहित विशेष पूजा–आरधना गर्ने प्रचलन बसेको आचार्य रिजालले जानकारी दिनुभयो ।
साउन महीनामा शिवजीलाई जलार्पणसहित विशेष पूजा–आरधना गर्नाले पारिवारिक समृद्धिका साथै मनोवांछित फल प्राप्त हुने जनविश्वास छ ।
पुराणहरुमा उल्लेख भए अनुसार शिवजीलाई जलले अभिषेक गर्दा वर्षा तथा शान्ती, उखुको रस अथवा महले अभिषेक गर्दा धनलाभ, दुधले अभिषेक गर्दा पुत्रपुत्री प्राप्ति, ध्यूले अभिषेक गर्दा वंश बृद्धि, सख्खर मिश्रित दुधले अभिषेक गर्दा बौद्धिकता, तोरी वा तिलको तेलले अभिषेक गर्दा शत्रु नास हुने, सख्खर अर्पण गर्दा पापकर्मको क्षय भई रोगब्याधिबाट मुक्ति मिल्ने विश्वास गरिन्छ । साथै भगवान शिवलाई कमल–पत्र, विल्वपत्र तथा शंखपुष्प चढाएर पूजा अर्चना गर्दा धन–धान्य प्राप्ती हुने र आँकको फूल चढाउँदा मान–सम्मान प्राप्ती हुने पुराणादि ग्रन्थहरुमा उल्लेख पाइन्छ । यस्तै भाङ धतुरो आदिको अर्पणबाट ज्वरो तथा विषभयबाट मुक्ति मिल्ने जन विश्वास पनि छ ।
श्रावण महिनाको शुरुवातसँगै सूर्यले दक्षिणतर्फको यात्रा तय गर्ने र सूर्य मिथुन राशीबाट कर्कट राशीमा सर्ने भएकाले श्रावण १ बाट दक्षिणायन शुरु भएको मानिन्छ, साउने संक्रान्तिलाई कर्कट संक्रान्ति भन्ने चलन पनि छ ।


विशेषतः साउन महिनाको सोमबार अविवाहित महिलाहरुले हातभरी हरियो चुरा, मेहन्दी लगायतका श्रृङ्गार सामग्री लगाएर शिवको पूजा, उपासना गर्नाले सुयोग्य वर मिल्ने जनविश्वास पनि रही आएको छ । विवाहित महिलाहरुले पारिवारिक समृद्धिको कामनासहित साउन महिनाभर हविष्य भोजनमात्रै ग्रहण गर्ने गरेको पाइन्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारकालिकापीठमा साउनभर रुद्राभिषेक हुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img