काठमाडौं । प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७६/०७७ सुरु भएसंगै पत्रपत्रिका अभिलेखिकरण पनि डिजिटल माध्यमबाट गर्ने तयारी गरेको जनाएको छ ।
प्रेस काउन्सिलले पत्रपत्रिका प्रकाशकहरुका सूचना जारी गर्दै २०७६ साल साउन १ गतेदेखि डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू गर्ने जानकारी गराएको हो । प्रकाशित सूचना अनुसार साउन १ गतेदेखि पत्रपत्रिकाका प्रकाशकले आफ्नो प्रकाशन अङ्कको पिडिएफ (PDF) फाइल बनाई काउन्सिलको ‘पत्रपत्रिका व्यवस्थापन प्रणाली’ मार्फत् अपलोड गरी हाजिरी गर्नुहुन सूचित गरिन्छ ।
सूचनामा भनिएको छ–पत्रपत्रिकाहरूबाट इन्टरनेटको माध्यमबाट उपलब्ध हुने डिजिटल कपी (PAF File) काउन्सिलको सर्भरमा अपलोड भई सोबाट काउन्सिलमा डिजिटल अभिलेख तयार हुनेछ । अतः आ.व. २०७६।७७ को साउनदेखि प्रकाशन भएका पत्रपत्रिकाहरू अनिवार्यरूपमा अनलाइनमार्फत् हाजिरी गर्नुपर्ने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ ।
साथै आ.व. २०७५।७६ को असारसम्मका पत्रपत्रिकाहरू २०७६ साउन १५ गतेभित्र अनिवार्यरूपमा काउन्सिल सचिवालयमा अभिलेख गराउन समेत सूचित गरिन्छ
पत्रपत्रिकाको अभिलेखिकरण डिजिटल प्रविधिमार्फत

































































































