Homeमहिलानौबुँदे पाख्रिबास घोषणा पत्र जारी, पत्रकार महिला भेला सम्पन्न

नौबुँदे पाख्रिबास घोषणा पत्र जारी, पत्रकार महिला भेला सम्पन्न

तीन महिला पत्रकारलाई सम्मान

धनकुटा । धनकुटाको पाख्रिबासमा सम्पन्न महिला पत्रकारहरुको भेलाले ९ बुँदे पाख्रिबास घोषणा पत्र जारी गर्दै सञ्चारविरोधी विधेयक तथा कानुन तत्काल फिर्ता लिएर प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गरेको छ ।
नेपाल पत्रकार महासंघ–१ नम्बर प्रदेश समितिको आयोजनामा सम्पन्न भेलाले संसदमा पेश भएको मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि र विज्ञापन सम्बन्धि नीति लगायतका प्रेस स्वतन्त्रता विरोधी विधेयक तथा कानून फिर्ता लिएर सञ्चारमैत्री कानून निर्माण गर्न सरकारसँग माग गरेको हो ।
घोषणापत्रमार्फत महिला पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई बजेटको निश्चित प्रतिशत रकम छुट्याउन माग गर्दै भेलाले समान सहभागिताको सुनिश्चितता र पेशागत सुरक्षाका लागि श्रमजीवी ऐन कार्यान्वयन गर्न ध्यानाकर्षण गराइएको छ ।
पत्रकारिताका विषयवस्तु र लैङ्गिक समावेशिताका लागि सबै वर्ग, क्षेत्रको समानुपातिक सहभागिता बृद्धि गर्न, सञ्चार संस्थाको विकासका लागि सरकारका तीनै तहबाट समानुपातिक विज्ञापन वितरण, महिला पत्रकारद्वारा सञ्चालित स्वरोजगारमूलक सञ्चारमाध्यमलाई विशेष सुविधा उपलब्ध गराउन घोषणा पत्रमा माग गरिएको छ । नेपाल पत्रकार महासंघमा हाल कायम समावेशी कोटा यथावत राख्दै तीनै तह (केन्द्र, प्रदेश समिति र जिल्ला शाखा)मा अध्यक्ष, महासचिव र सचिवमध्ये एउटा कार्यकारी पद महिलाका लागि सुनिश्चित गर्न, कार्यसमितिमा ३३ प्रतिशत पत्रकार महिलाको सहभागिता अनिवार्य गर्न, सञ्चार माध्यमभित्र हुने लैङ्गिक हिंसा अन्त्य गर्न, महिलालाई गर्भवती, सुत्केरी आदि विशेष अवस्थामा विदा, उपदान लगायतको ब्यवस्था गर्न सरोकारवालाको ध्यानाकर्षण गराइएको छ ।
अधिवेशन लक्षित गरी राजनीतिक भागवण्डाका आधारमा सदस्यता वितरण वन्द गर्न माग गर्दै घोषणापत्रमा पर्यटकीय क्षेत्र पाख्रिबास र कृषि उपजको प्रवद्र्धनमा प्रतिबद्धता पनि जनाइएको छ ।
रेजिना गौतमको संयोजकत्वमा ,इन्दिरा भट्टराई, भिमा शिवाकोटी, सुभद्रा प्याकुरेल, विनुमाया राई र इन्दु पूर्वेली सदस्य रहेको प्रतिवेदन तयारी समितिले तयार पारेको घोषणा पत्र सर्वसम्मत पारित भएको हो ।

१४ जिल्लाका एकसय बढी महिला पत्रकार सहभागी कार्यक्रमका बीच प्रदेश नं–१ का अग्रज महिला पत्रकारहरु गंगा बराल, इन्दु पूर्वेली र ललिता भट्टराईलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।


कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा प्रतिनिधि सभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले पत्रकार र महिलाहरुका मुद्दा समाधानका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा सूचना आयोगका सदस्य यसोदा तिम्सिनाले सूचनाको हकभित्र भ्रष्टाचार नियन्त्रणको शक्ति हुने बताउँदै सूचनाको हक अन्तर्गत रहेर तत्काल सूचना प्रवाह गर्न सार्वजनिक जिम्मेवारी वहन गर्नेहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपूल पोखरेल, नगरपालिकाकी उपमेयर देवकला तिम्सिना, धनकुटाका प्रमुख जिल्ला अधिकारी, केन्द्रीय सदस्यहरु उद्वव तिम्सिना, सटेन्द्र जवेगु, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष विजयसन्तोषी राई, सामुदायिक रेडियो प्रशारण (वान) का केन्द्रीय सदस्य रेणु पराजुली, पाख्रिबास, इन्दिरा भट्टराई, गंगा बराललगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ १ नं प्रदेश अध्यक्ष विक्रम लुइटेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा स्वागत धनकुटा शाखा अध्यक्ष राजेश्वरप्रसाद श्रेष्ठ र सञ्चालन महासचिव विवेक गौतमले गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समिति सचिव लक्ष्मी पुनः को प्रमुख आतिथ्य र स्मिता निरौलाको अध्यक्षतामा सम्पन्न बन्द शत्रमा पत्रकारद्वय निलिफा राई र विद्या राईले प्रदेश नं–१ मा महिला पत्रकारहरुको अवस्था समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । बन्द शत्रको सञ्चालन कोषाध्यक्ष अम्बिका भण्डारीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलानौबुँदे पाख्रिबास घोषणा पत्र जारी, पत्रकार महिला भेला सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img