Homeसमाचारकोशीमा पर्यटन विकासको गुरुयोजना आवश्यक : मुख्यमन्त्री कार्की

कोशीमा पर्यटन विकासको गुरुयोजना आवश्यक : मुख्यमन्त्री कार्की

विराटनगर २९ असार । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको समृद्धिका लागि पर्यटन मात्र एक महत्वपूर्ण आधार भएको बताउनु भएको छ।
आज विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नेपालको ऊर्जा, खानीभन्दा पनि पर्यटन क्षेत्र आर्थिक समृद्धिको लागि महत्त्वपूर्ण भएको बताउनुभयो। कोशी प्रदेशका प्रमुख पर्यटन गन्तव्य छनोट मापदण्ड निर्धारण विषयक कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले पर्यटन वर्ष मनाएको उल्लेख गर्दै आगामी साउन महिनादेखि ८५ सालसम्म कोशी भ्रमण वर्ष मनाउँदै अघि बढ्नका लागि पनि पर्यटन विकासको गुरु योजना आवश्यक भएको उल्लेख गर्नुभयो।
कोशी प्रदेश सरकारले २०८२ लाई भ्रमण वर्ष मनाउँदा ८२ वटा गन्तव्य छनौट गरेको थियो। यसपटक गुरु योजना बनाउँदा २० वटा महत्वपूर्ण गन्तव्य छनौट गरेर त्यसलाई पूर्वाधार सहित सबै सुविधा सहित उत्कृष्ट बनाउने लक्ष्य राखेको छ। मुख्यमन्त्री कार्कीले यदि गन्तव्यहरू २० भन्दा राम्रा आए भने २५ वटा सम्म बनाएर जाँदा पनि प्रदेशमा फरक नपर्ने बताउनुभयो।
कार्यशाला गोष्ठीमा गुरु योजनामा समेट्नुपर्ने विषयलाई लिएर पाँचवटा कार्यपत्र प्रस्तुत गरिएको थियो। प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, प्रदेश योजना आयोगका सदस्य किशोर राई वन पर्यटन तथा वातावरण मन्त्रालयका सचिव डा. इन्द्र सापकोटा, पर्यटन विज्ञ सुमित बराल र डा. रोशन शेरचनले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकोशीमा पर्यटन विकासको गुरुयोजना आवश्यक : मुख्यमन्त्री कार्की
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img