HomeFeatured 2बजेट पारित गर्न कोशीमा कांग्रेस एमालेको ह्वीप, एकअर्ब सरेण्डर

बजेट पारित गर्न कोशीमा कांग्रेस एमालेको ह्वीप, एकअर्ब सरेण्डर

झापा २४ असार । आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्न कांग्रेस र एमालेले ह्वीप जारी गरेका छन् । आजको बैठकमा बजेट पारित गर्ने कार्यसूची रहेको छ । सोही अनुसार आज बस्ने प्रदेश सभाको बैठकमा अनिवार्य रूपमा उपस्थित हुन र बजेटको पक्षमा उभिन दुवै दलले आफ्ना सांसदलाई ह्वीप जारी गरेका हुन् ।
आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङथेपले पेश गरेको बजेट असन्तुलित भएको भन्दै सत्ताधारी सांसदहरूले नै विरोध जनाएका थिए । असन्तुष्ट सांसदहरूले बजेटको विपक्षमा हस्ताक्षर संकलन थालेपछि प्रदेश सरकारले बजेटको असन्तुलन मिलाउन विभिन्न मन्त्रालयबाट १ अर्ब रुपैयाँ समर्पण (सरेण्डर) गर्ने निर्णय गरेको छ ।
एमालेका प्रमुख सचेतक रमेशकुमार बस्नेत र कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले संसदीय विधान अनुसार नै बजेट पारित गर्न ह्वीप जारी गरिएको बताएका छन् । कोशी सरकारले असार १ गते ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बजेट पारित गर्न कोशीमा कांग्रेस एमालेको ह्वीप, एकअर्ब सरेण्डर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img