Homeसमाचारआत्मदाह प्रयास गरेका नेपालीको मृत्यु, बालेन र रबिको अभिव्यक्तिलाई समयले आफैंतिर फर्कायो

आत्मदाह प्रयास गरेका नेपालीको मृत्यु, बालेन र रबिको अभिव्यक्तिलाई समयले आफैंतिर फर्कायो

झापा २६ असार । आत्मदाह प्रयास गरेका नेपालीको मृत्यु, बालेन र रबिको अभिव्यक्तिलाई समयले आफैंतिर फर्कायो
झापा २६ असार । आत्मदाह प्रयास गरेको गणेश नेपालीको उपचारकै क्रममा मृत्यु भइसकेको छ । नेपालीको मृत्युले सरकारप्रति चर्को दबाब बढेको छ । बिहिबार पार्किङ गरेर राखिएको ठाउँमा ट्राफिक प्रहरीले ह्वील लक गरेपछि पठाओ चालक गणेश नेपालीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । शरीरको ६० प्रतिशत भाग जलिसकेपछि उपचारमा पुर्याइएको नेपालीको शुक्रबार (आज) मृत्यु भएको हो ।
मुगुका २५ वर्षीय नेपाली काठमाडौंमा पठाओ सञ्चालन गरेर आमाको उपचार खर्च र दैनिकी चलाउदै आएको बताइएको छ । नेपालीको मृत्यु पछि सन् २०२३ मा पेट्रोल छर्केर संसद भवन अगाडि आत्मदाह गरेका प्रेम आचार्यका मृत्यु् पछि तत्कालि काठमाडौंका मेयर (वर्तमानमा देशका प्रधानमन्त्री) बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सामाजिक सञ्जालमा पोखेको आक्रोसलाई स्मरण गराएका छन् ।
बालेन र रविले पोखेको त्यो आक्रोशलाई आज समय र परिस्थितिले सम्झाएको छ । त्यतिमात्रै होइन दुईतिहाईको सरकारको नेतृत्व गरेका बालेन र नेतृत्व गर्ने पार्टीका अध्यक्ष रवि दुवैमाथि आफ्नै अभिव्यक्ति गलपासो भएको छ । समयले सम्झाएको मात्रै छैन, आफैंतिर फर्किएको छ ।
उनीहरुले त्यत्तिबेला सरकारको आलोचना गर्दै चरम असफलताको संकेत भन्दै यस्तो टिप्पणी गरेका थिए । प्रधानमन्त्री बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर रहँदा उद्यमी प्रेमप्रसाद आचार्यको आत्मदाहपछि लेखेका थिए, ‘यदि कोही आत्मदाह गर्न बाध्य हुन्छ भने त्यो राज्यको चरम असफलताको संकेत हो ।’
उनले थप लेखेका थिए, ‘त्यस्तो अवस्थामा आत्मदाह गर्ने नागरिकको व्यवसायमा, निराशामा, सहयोगको याचनामा, सुरक्षामा, उद्धारमा र उनले भोगेका हरेक चरणमा राज्य असफल भएको बुझिन्छ । राज्यका हरेक तप्का, निकाय र अंगहरू असफल भएका मानिन्छन् ।’ नागरिकका रूपमा, जनप्रतिनिधिका रूपमा, सत्ताका अगुवाका रूपमा, सञ्चार माध्यमका रूपमा सबै असफल भइरहेको संकेत यस्ता घटनाले दिने उनको भनाइ थियो । नागरिकका लागि सामान्य दायित्व पूरा गर्नु पर्ने चेत सत्तामा रहेकाहरूमा नरहेको बुझिन्छ भन्दै बालेनले जनप्रतिनिधिका रूपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत नरहेको स्पष्ट हुने बताएका थिए ।
‘एक जना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एक जना नागरिक संसद् भवन अगाडि आफैंमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्,’ तत्कालीन सत्ता प्रमुखलाई लक्षित गर्दै काठमाडौंका मेयर रहेका बालेनले लेखेका थिए, ‘त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान्, तर सबैभन्दा ठूलो कारण राज्य हो । सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो ।’
प्रेमप्रसाद आचार्यको त्यो आत्मदाह बालेनका लागि एउटा विद्रोह थियो । र, त्यो विद्रोह तत्कालीन समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना थियो । फेरि प्रेमप्रसाद आचार्यको नियति अर्का व्यक्तिले भोग्नु नपरोस् भन्दै आफूले काठमाडौं महानगरमा काम गरिरहेको बालेनले बताएका थिए ।
त्यसबेला राष्ट्रिय स्वतन्त्र पार्टी सानै दलको हैसियतमा भए पनि सरकारमा थियो । सोही समयमा रास्वपा सभापति रवि लामिछानेले आफूहरूको आगमनले पनि आशा जगाउन नसकेकोमा प्रेमप्रसाद आचार्यसँग माफी मागेका थिए । यद्यपि, आफू सरकारमा सामेल भए पनि प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुको कारण ‘हिजोदेखिको निराशा र पीडा’ कारण रहेको उनको भनाइ थियो ।
‘एउटा नागरिकले अत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र,’ लामिछानेले लेखका थिए, ‘यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पीडाको परिणाम हो ।’ आफूहरू परिवर्तनको लागि राजनीतिमा आएको दाबी गरेका लामिछानेले थप लेखेका थिए, ‘हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौं, म दोषी छु ।’
तत्कालिन स्वास्थ्य राज्य मन्त्री तोसिमा कार्कीले आचार्यको उपचार भइरहेको आइसियु कक्षमा पसेर मिडियो खिचेको सार्वजनिक भएको थियो । स्वास्थ्य प्रोटोकल अनुसार आएसियु कक्षमा भिडियो खिच्नु गलत मानिन्छ ।
मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका छन् । तर, माथि उल्लेख गरिएकासहित धेरै रास्वपा नेताहरू गणेश नेपालीको आत्मदाहको विषयमा यो रिपोर्ट तयार पार्दासम्म सुनिएका छैनन् । हिजो जुन तहको आक्रोश छचल्किन्थ्यो, सत्तामा पुगेसँगै त्यो हराएको भन्दै उनीहरूको आलोचना भइरहेको छ ।
उपचाररत रहँदा मौन रहेकी रञ्जु दर्शनाले नेपालीको मृत्युपछि फेसबुकमा लखेकी त छन् । यद्यपि, उनको आक्रोश हिजो बाहिर रहँदा जस्तो छैन । उनले नेपालीको आत्मदाह, उनको उपचार खर्च बेहोर्नेसम्म सीमित रहनु नहुने बताएकी छन् । उनका अनुसार, आफैंलाई जलाउने बिन्दुसम्म किन पुगे भन्ने खोजिनु पर्छ र त्यो खोजबाट सरकारले आफ्नो काममा प्रेरणा लिनुपर्छ ।
‘सबैलाई एकै पटक खुसी बनाउन पनि सकिँदैन तर पिँधमा रहेका श्रमजीवी, गरिबहरूको रोदन भने रोक्न सकिन्छ । सरकारको ध्यान जाओस्,’ उनले लेखेकी छन् ।
त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका २५ वर्षीय नेपालीको उपचारको क्रममा मृत्यु भइसकेको छ । नगर प्रहरीले आफ्नो मोटरसाइकलमा ह्विललक लगाएर जरिबाना गराएपछि उनले यस्तो निर्णय लिएको परिवारका सदस्यहरूले बताइरहेका छन् । उक्त घटनालगत्तै उनलाई उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो ।
वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालका अनुसार आगोले अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पु¥याएको थियो । अस्पताल ल्याइए लगत्तै उनको श्वासप्रश्वासमा समस्या देखिएकाले आकस्मिक कक्षमै इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआत्मदाह प्रयास गरेका नेपालीको मृत्यु, बालेन र रबिको अभिव्यक्तिलाई समयले आफैंतिर फर्कायो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img