Homeसमाचारपालिकाको भवनमा रंग लगाउँदै गर्दा तीनतला माथिबाट खसेर मजदुर घाइते

पालिकाको भवनमा रंग लगाउँदै गर्दा तीनतला माथिबाट खसेर मजदुर घाइते

बाह्रदशी २३ असार । झापाको बाह्रदशी गाउँपालिकाको भवनमा रंग लगाउने क्रममा एक मजदुर तीन तला माथिबाट लडेर गम्भीर घाइते भएका छन्। मंगलबार बाह्रदशी गाउँपालिका–५ फूलबारीमा रहेको गाउँपालिका कार्यालयको तीनतले भवनमा रंग लगाइरहेका मोरङको सुन्दरहरैंचा नगरपालिका–४ निवासी ४२ वर्षीय टंक थापा अचानक सन्तुलन गुमाएर माथिबाट खसेका हुन्।
प्रहरीका अनुसार लड्ने क्रममा थापा भवनको बीच भागमा रहेको ग्रिलमा अड्किएका का।ण ठूलो दुर्घटनाबाट जोगिएका छन्। घटनापछि तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा थापाको निधार तथा दाहिने तिघ्रामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। अस्पतालमा उनको उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ। घटनापछि गाउँपालिकाका कर्मचारी र स्थानीयको सहयोगमा घाइते थापालाई तत्काल अस्पताल पुर्‍याइएको थियो।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपालिकाको भवनमा रंग लगाउँदै गर्दा तीनतला माथिबाट खसेर मजदुर घाइते
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img