Homeसमाचारसंसदमा हर्क साम्पाङको प्रश्न के आफ्ना समर्थकले जे भन्दा पनि छुट

संसदमा हर्क साम्पाङको प्रश्न के आफ्ना समर्थकले जे भन्दा पनि छुट

काठमाडौं २४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदन अराजकतातर्फ उन्मुख भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै लोकतन्त्र र अराजकतामा के फरक छ भन्ने कुरा सबैले बुझ्नुपर्ने बताए ।
‘जब हामी लोकतन्त्रमा नियम मान्दैनौँ, अथवा एकथरिले मात्रै मान्नुपर्ने बाध्यता, अर्को थरिलाई नमान्दा हुन्छ भन्ने बाध्यता हुन्छ। अध्यक्ष साम्पाङले भने, ‘मलाई लाग्छ यो सदन पनि बिस्तारै–बिस्तारै अराजकतातर्फ उन्मुख हुँदैछ। सभामुखले पनि यो महसुस गर्नुहुनेछ ।’ प्रधानमन्त्री, मन्त्रीलगायतका पदाधिकारीले पनि नियमावली अनुसार चल्नुपर्ने बताए। उनले सामाजिक सञ्जालमा सुन्न नसक्ने गालीगलौज आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
‘अब केलाई लोकतन्त्र भन्ने र केलाई अराजकता भन्ने प्रश्न पेचिलो बनेको बताउँदै साम्पाङले भने, ‘प्रधानमन्त्रीलाई एकजना व्यक्तिले गाली गर्नुभएछ । उहाँलाई पक्राउ गरेर पुर्पक्षमा पठाइयो भन्ने सुनिएको छ । एउटा नागरिकलाई सच्चिने मौका दिनुपर्छ ।’
उनले प्रधानमन्त्री, मन्त्रीहरूलाई गाली गर्दा पक्राउ परिहाल्ने, सांसदहरूलाई गाली गर्दा पक्राउ पर्नुपर्ने कि नपर्ने रु भन्दै प्रश्न गरे।
उनले थपे, ‘मलाई पनि दुईजना व्यक्तिले ज्यानै मार्ने, मेरो घरै जलाइदिन्छु भन्ने सम्मको अभिव्यक्ति दिनुभयो। मैले साइबर ब्युरोमा रिपोर्ट गरेँ तर ती व्यक्तिहरू पक्राउ परे जस्तो मलाई लाग्दैन। के आफ्ना समर्थकले जे भन्दा पनि छुट हुन्छ भन्ने हो । ’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसंसदमा हर्क साम्पाङको प्रश्न के आफ्ना समर्थकले जे भन्दा पनि छुट
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img