Homeसमाचारबन्दी गृहलाई तरुणले दियो जस्तापाता

बन्दी गृहलाई तरुणले दियो जस्तापाता

भद्रपुर १५ असार/ झापा बन्दी गृहको छाना जिर्ण भएर कोठाभित्रै पानी चुहिन थालेपछि समस्या झेल्दै आएका बन्दीहरुलाई सहजता होस भन्ने उद्देश्यले नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले आइतबार जस्ता पाता प्रदान गरेको छ ।
बन्दी गृहको छाना जिर्ण भएर कोठाभित्रै पानी चुहिंन थाल्दा पनि सरकारको ध्यान नपुगेको अवस्थामा तरुण दल २ नम्बर क्षेत्रीय समितिले जस्ता पाता दिएको हो ।
तरुण दल अर्जुनधारा र विर्तामोड नगर समितिको सहयोग तथा जिल्ला कारागार झापाको समन्वयनमा एकलाख पचपन्न हजार मूल्य बराबरका २५ वण्डल १२ फुटे जस्ता पात कारागारका जेलर राजेन्द्र निरौलालाइ हस्तान्तरण गरिएको हो ।
कारागार परिषरमा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि संविधान सभासदस्य सुधीरकुमार शिवाकोटी तरुणदल केन्द्रिय महासचिव भुपेन्द्रजंग शाहीसहितको टोलीले जस्ता पाता हस्तान्तरण गरेको थियो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै तरुण दल २ नं क्षेत्रीय सभापति राजु न्यौपानेले बन्दीहरुमा बर्षाद्को बेलामा पानी चुहेर सुत्न र बस्न नसकिरहेको अवस्थामा वितरित जस्ता पाताले केहि राहत पुग्ने बताउनु भयो ।
जेलर राजेन्द्र निरौलाको अध्यक्षता तथा बन्दी विकास पुस्तकालयका सचिव युवराज गिरीको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी तरुण दलका केन्द्रिय महासचिव शाही, विर्तामोड नगरपालिका वार्ड नं ३ का वार्डअध्यक्ष भोजराज सिटौला लगायतले बोलेका थिए । कारागार आन्तरिक प्रशासन प्रमुख मोहन धितालले स्वागत गरेका थिए ।
हाल झापा कारागारमा ५० जनाको क्षमता रहेको महिला कारागारभवनमा ५ जना बच्चा सहित ९४ जना र ५ सय को क्षमता रहेको पुरुष कारागारभवनमा एकहजार बीस जना केदी बन्दिहरु रहदै आएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबन्दी गृहलाई तरुणले दियो जस्तापाता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img