HomeFeatured 2कलवलगुरीको नवनिर्मित भवन उद्घाटन

कलवलगुरीको नवनिर्मित भवन उद्घाटन

भद्रपुर २५ असार । झापाको भद्रपुर १० मा रहेको प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कलवलगुरीको नवनिर्मित तालिम भवनको बिहिवार उद्घाटन गरिएको छ । भवनको कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नु भएको हो। उद्घाटन समारोहमा बोल्दै मुख्य मन्त्री कार्कीले उक्त भवनवाट सिकेको तालिम अन्तर्राष्ट्रिय क्षेत्रसम्म प्रभावकारी बनाउनु पर्ने बताउनुभयो । तालिम केन्द्रलाई आधुनिक तालिम केन्द्रको रुपमा विकास गर्दै प्रदेशकै नमुना प्रशिक्षण केन्द्र बनाईनु पर्नेमा जोड दिनुभयो । मन्त्री कार्कीले तालिम केन्द्र सम्म आवतजावत गर्ने बाटो निर्माण लगायतका हरेक पक्षमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्याक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक नारायण प्रसाद रिजालले प्रतिष्ठान को संक्षिप्त जानकारी गराउदै भवन ४ करोड ४८ लाख भन्दा माथिको लागतमा सुविधा सम्पन्न भवन निर्माणको सम्झौता २०८०जेठ २४ गते भएको बताइएको छ । कार्यक्रममा प्रदेश प्रमुख सचिव राजेन्द्र पौडेल, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रदेश सांसद छविलाल चुडाल लगायतले बोल्दै प्रभावकारी तालिमका बारेमा जोड दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कलवलगुरीको नवनिर्मित भवन उद्घाटन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img