भद्रपुर २९ असार । झापाको भद्रपुरमा प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा भन्सार छलि ल्याइएको खरबुजाको बीउ बरामद गरेको छ। विशेष गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्काको कमाण्डमा कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले भद्रपुर नगरपालिका वडा नम्बर ३ ज्ञाने चोकस्थित भीमलाल सुवेदीको घरबाट उक्त अवैध सामान बरामद गरेको हो।
सुवेदीको घरका दुईवटा कोठामा ९४८ बोरा लुकाइछिपाइ राखिएको खरबुजाको बीउ फेला परेको प्रहरीले जनाएको छ। भन्सार छलेर ल्याइएको उक्त बीउलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जानकारी दिएको छ।
ठूलो परिणाम खरबुजाको बिउ प्रहरी नियन्त्रण
































































































