बिर्तामोड २७ असार । नेवा पासा मुना पुचको १३ औँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको हो।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष प्रमेश हलुवाईले नवनिर्वाचित अध्यक्ष राजीव श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई सामूहिक रूपमा शपथग्रहण गराएका थिए भने अध्यक्ष श्रेष्ठले संस्थाको विधान तथा दाताहरूको नामावली समेटिएको डायरी साथै संस्थाको महत्वपूर्ण कागजात नयाँ अध्यक्ष राजीव श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।
त्यसैगरी, सचिव मिलन शाक्यले बैठक पुस्तिका नवनिर्वाचित सचिव शर्मिला शाक्यलाई , कोषाध्यक्ष शर्मिला शाक्यले आर्थिक गतिविधि समेटिएको खाता कोषाध्यक्ष प्रविण शाक्यलाई हस्तान्तरण गरेका थिए।
प्रमुख अतिथि उपप्रमुख संग्रौलाले नेपालका विभिन्न जातजातिका भाषा, संस्कृति र परम्पराले आपसी सद्भाव, आत्मीयता तथा सहकार्यलाई थप मजबुत बनाउने उल्लेख गर्दै संस्कृति र लिपिको संरक्षण तथा विकासमा यस्ता संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले आगामी दिनमा पनि बिर्तामोड नगरपालिकाले पासा मुना पुचलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोला, उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, संस्थाका ज्येष्ठ सदस्य हिराबहादुर श्रेष्ठ, नेवाः छे भवन निर्माण समितिका संयोजक निर्मल कर्माचार्य, पासा मुना पुचः बाहुनडाँगीका अध्यक्ष महेन्द्र मल्ल, पासा खल धरानका अध्यक्ष बिक्रम तुलाधर, नेवाः समाज समिति काँकडभिट्टाका सहसचिव भुवन श्रेष्ठ, झि पुच बिराटनगर अध्यक्ष शरद श्रेष्ठ, तमु ह्युल छोंज धीं कोशी प्रदेशका अध्यक्ष आनन्द गुरुङ, लगायतले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
संस्थाको असार ८ गते सम्पन्न १३ औँ अधिवेशनबाट राजीव श्रेष्ठको अध्यक्षतामा आगाामी दुई वर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको थियो। उपाध्यक्ष कमल श्रेष्ठ, सचिव शर्मिला शाक्य, सहसचिव तारामणि श्रेष्ठ, कोषाध्यक्ष प्रविण शाक्य, सहकोषाध्यक्ष गीतादेवी श्रेष्ठ तथा सदस्यहरू दीपेश वैद्य, गम्भीर रत्न शाक्य, सचिनराज खड्गी, मिलु राजभण्डारी, जितेन्द्र श्रेष्ठ, प्रणिता श्रेष्ठ, अनिता हलुवाई, भीमबहादुर श्रेष्ठ, अलिना उदास, मिलन श्रेष्ठ र प्रभात मास्के रहेका छन्।
यसअघि निवर्तमान अध्यक्ष दिनेश श्रेष्ठले लगातार ६ वर्षसम्म संस्थाको नेतृत्व गर्दै विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाएका थिए।
कार्यक्रममा झापा, मोरङ सुनसरीका खल पुच, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
पासा मुना पुचको १३ औँ पद हस्तान्तरण, राजीवले सम्हाले नेतृत्व
































































































