भद्रपुर २९ माघ । भद्रपुर झापा गोल्डकपको दोस्रो बार्षिक साधारणसभा मेची रंगशालामा विहिबार सम्पन्न भयो । भद्रपुर नगरपालिका नगरप्रमुख गणेश पोखरेलले सभाको उद्घाटन गर्नुभयो । कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष दिपेश ढकालले, संस्थागत प्रतिवेदन सचिव तीर्थराज ढकाल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अजय साहेवालाले छुट्टाछुट्टै रुपमा प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति का अध्यक्ष भेषराज भण्डारीले समितिले खेलकुदको पुर्वाधार विकासमा मेची रंगशालामा उल्लेखनीय कार्य गर्न आफ्नो कार्यकाल सफल भएको बताउनुभयो । ढकालको अध्यक्षतामा सम्पन्न सभाको संचालन महासचिव जीवनकुमार श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा न्यायाधीश जनक पाण्डे लगायतका जनप्रतिनिधि , उधोगी व्यवसायी लगायतको उल्लेखनीय सहभागीता रहेको थियो ।
झापा गोल्डकपको दोस्रो बार्षिक साधारणसभा सम्पन्न



















